M’Cheyne Bible Reading Plan
लूतको कैद
14 शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए। 2 यी सबै मिलेर सदोमका राजा बेरा, गमोराका राजा विर्शा अदमाका राजा शिनाब, सबोयीमका राजा शेमेबेर र बेलाका राजासित युद्ध लडे। (बेलालाई सोअर पनि भनिन्छ)।
3 यी सब राजाहरूले आफ्ना-आफ्ना सेनाहरू सिद्दीमको बेंसीमा भेला पारे। (वर्तमान खाराको समुद्र नै सिद्दीमको बेंसी हो)। 4 यी राजाहरूले राजा कदोर्लाओमेरलाई बाह्र बर्षसम्म सेवा गरेका थिए तर तेह्रौं बर्षमा यी सब राजाहरूले तिनको विरूद्ध विद्रोह गरे। 5 यसर्थ राजा कदोर्लाओमेर अरू राजाहरूसित मिले जो उनको समर्थनमा थिए, तिनीहरूसित युद्ध गर्न आए। राजा कदोर्लाओमेर र तिनका सहयोगीहरूले अस्तरो कर्णोममा रपाईलाई पराजित गरे। तिनीहरूले हाममा जूजी मानिसहरू, शावे-किर्यामा एमीमका मानिसहरूलाई परास्त गरे। 6 अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरूलाई पराजित गरे। (एल्पारान मरुभूमि नजिक छ)। 7 त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।
8 त्यस वेला सदोम, गमोरा, अदमा, सबोयीम र बेलाका राजाहरू मिले अनि तिनीहरूको शत्रुसित सिद्दीमको बेंसीमा युद्ध गर्न भनी गए। 9 तिनीहरूले एलामका राजा कदोर्लाओमेर, गोइमका राजा तिदाल, शिनारका राजा अम्रापेल अनि एल्लासारका राजा अर्योकसित युद्ध लडे। अतः पाँच जना राजाहरूको विरूद्धमा चार जना राजाहरू थिए।
10 सिद्दीमको उपत्यकामा धेरै अलकत्राका खाल्डाहरू थिए। सदोम र गमोरका राजाहरू आफ्नो सेनाहरू समेत भागे। धेरै सेनाहरू ती खाल्डाहरूमा परे। तर रहेका सेनाहरू पहाडी अञ्चलतिर भागे।
11 शत्रुहरूले सदोम अनि गोमराको सबै सम्पत्ति अनि तिनीहरूको सबै खाद्य पनि लगेर गए। 12 तिनीहरूले अब्रामको दाज्यूको छोरा लूतसँगै उसको सबै सम्पत्ति लगे 13 लूतका मानिसहरूमा एकजना जो कैद भएको थिएन र हिब्रु अब्राम भएको ठाउँमा गएर के भएको थियो वृतान्त दियो। त्यस समय अब्राम एश्कोल र अनेर एमोरीको मम्रेको फलाँटको रूखहरू नजिकै बसेका थिए। तिनीहरूले एक-अर्कामा सहायता गर्नु भनी एउटा सम्झौतामा सही गरेका थिए। अनि तिनीले अब्रामलाई पनि सहायता गर्ने सम्झौता सही गरे।
लूतको छुटकारा
14 जब अब्रामले लूत पक्राउ परेको समाचार पाए तिनले आफ्नो सम्पूर्ण परिवारलाई बोलाए। आफ्नो परिवार भित्रका तीन सय अठ्ठार जना प्रशिक्षित सेनाहरू लिई तिनी दानसम्म शत्रुहरूलाई खेद्दै गए। 15 शत्रुहरूमाथि आक्रमण गर्न तिनले आफ्नो सेनाहरूलाई राती दल-दलमा भाग गरी दमीसकसको उत्तर दिशामा पर्ने होबासम्म खेदेर तिनीहरूलाई परास्त पारे। 16 अब्रामले आफ्नो भतिजो लूत र उसको सम्पत्ति, स्त्रीहरू र अरू कैदीहरू दुबै फर्काएर ल्याए।
17 कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।
मल्कीसेदेक
18 शालेमका राजा मल्कीसेदेक पनि रोटी र दाखरस लिएर अब्रामसित भेट्न आए। तिनी सर्वोच्च परमेश्वरको पूजाहारी थिए। 19 मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः
“जुन परमेश्वरले पृथ्वी र स्वर्ग बनाउनु भयो,
सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।
20 अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं।
परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।”
अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए। 21 तब सदोमका राजाले अब्रामलाई भने, “तिमीले सब चीजहरू आफ्नै निम्ति राख्न सक्छौ। मलाई केवल कैद गरिएका शत्रुहरू फर्काइ देऊ।”
22 तर अब्रामले सदोमका राजालाई भने, “म सर्वोच्च परमप्रभु परमेश्वरसित जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, प्रतिज्ञा गरेको छु। 23 मैले प्रतिज्ञा गरेको छु कुनै पनि चीज जो तिम्रो हो म लिंदिन, यहाँसम्म एक टुक्रा धागो अथवा जुत्ताको फिता पनि म लिंदिन, म तिमीलाई भन्ने मौका दिंदिन, ‘अब्रामलाई मैले धनी बनाएँ।’ 24 म मात्र त्यो ग्रहण गर्नेछु जो ती जवान मानिसहरूले खाए। तर तिमीले ती अन्य मानिसहरूको भाग तिनीहरूलाई नै दिनु पर्छ। हामीले युद्धमा जितेर ल्याएका चीजहरू ग्रहण गर अनि त्यसबाट अनेर, एरकोल र मम्रेलाई तिनीहरूको हिस्सा देऊ। तिनीहरूले मलाई युद्धमा सहायता गरेका थिए।”
येशूले बीऊ र बीऊ छर्नेको बिषयमा उखान भन्नुहुन्छ
(मर्कूस 4:1-9; लूका 8:4-8)
13 ठीक त्यही दिन येशू बाहिर गएर झीलको छेउमा बस्नु भयो। 2 उहाँलाई अनेकौं मानिसहरूले घेरेका थिए। यसकारण उहाँ एउटा डुङ्गामा चढ्नु भयो। सबै मानिसहरू चाँहि किनारमा बसेका थिए। 3 उखानहरूको उपयोग गरेर उहाँले मानिसहरूलाई धेरै शिक्षा दिनुभयो। येशूले बताउनुभयो:
“कोही किसान बीऊ छर्नलाई निस्क्यो। 4 जब तिनीले बीऊ छर्दै थिए, केही बीऊहरू बाटोतिर परे। चरा-चुरूङ्गी आएर ती बीऊहरू खाए। 5 केही बीऊहरू नभएको कारणले बीऊहरू चाँडै उम्रनथाले चट्टानमय खेतमा झरे। जमीन त्यत्ति गहिरो थिएन। 6 तर जब घाम लाग्नथाल्यो, ती बीरूवाहरू प्रचण्डघामले सुकेर गए किनभने तिनीहरूका जराहरू थिएनन्। कतिपय बीऊहरू काँडाधारीमा खसे। जब काँडाहरू बढ्दै गए तिनीहरूले ती बीरूवाहरूलाई उम्रन दिएनन्। 7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए। 8 अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठ्ठी अनि कतिपयले तीस गुणा फल फलाए। 9 ऊ जसले सुन्न सक्छ मेरो कुरा सुन।”
येशूले सिकाउनलाई उखान भन्नु भएको
(मर्कूस 4:10-12; लूका 8:9-10)
10 चेलाहरू आए र येशूलाई सोधे, “तपाईंले उपदेश गर्नुहुँदा तपाईंले किन उखानहरू भन्नु भएको?”
11 येशूले जवाफ दिनुभयो, “स्वर्गको राज्यको सत्यरहस्यहरूको बारेमा तिमीहरूले मात्र बुझ्नसक्छौ। तर अरूहरूले ती जान्नसक्दैनन्। 12 जसले बुझ्न सक्दछ उसलाई अरू बुझाइनेछ अनि उसले चाहेभन्दा धेरै बुझ्न पाउनेछ। तर जसले बुझ्न सक्दैन उसले जति बुझेकोछ त्यो पनि उसकोबाट खोसिनेछ। 13 यसैले, ती मानिसहरूलाई उपदेश दिएँ म उखानहरू भन्ने छु तिनीहरू हेर्दछन्, तर देख्दैनन्। तिनीहरू सुन्छन् तर बुझ्दैनन्। 14 यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो:
‘तिमीहरू सुन्न त सुन्छौ,
तर बुझ्दैनौ।
तिमीहरू हेर्न त हेर्छौ,
तर देख्न सक्दैनौ।
15 हो, यी मानिसहरूको हृदय कठोर भएको छ।
कान भएर पनि यिनीहरू सुन्न सक्दैनन्,
तिनीहरूका आँखा त छन्, ता पनि तिनीहरू देख्दैनन्।
यस्तो भएको छ त्यसकारण तिनीहरूले
आफ्ना आँखाले देख्दैनन्,
आफ्ना कानले सुन्दैनन्,
तिनीहरूका हृदयले बुझ्दैनन्,
हैन भने तिनीहरू मकहाँ आउने थिए, सुन्ने थिए,
अनि म तिनीहरूलाई निको पार्नेथिएँ।’(A)
16 तर तिमीहरू धन्य छौ किनभने तिम्रा आँखाहरूले देख्न सक्छन्, अनि तिम्रा कानहरूले सुन्न सक्छन्। 17 म तिमीहरूलाई साँच्चो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।
बीऊ छर्नेको उखानको व्याख्या
(मर्कूस 4:13-20; लूका 8:11-15)
18 “अब किसानको बारेमा उखान सुन:
19 “बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।
20 “अनि चट्टानमय भूमिमा खसेको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू त्यो मानिस जस्तै हुन् जसले उपदेश सुन्छ अनि आनन्दसित तुरन्तै ग्रहण गर्दछ। 21 तर त्यो मानिसले त्यो सन्देशलाई गहनरूपले उसको जीवनमा पस्न दिदैन। त्यो उपदेशलाई त्यसले थोरै बेरसम्म मात्र आफ्नो जीवनमा राख्छ। उपदेशको कारणले जब उसले कष्ट र सतावटको सामना गर्नुपर्छ त्यसले तत्काल आफ्नो विश्वास गुमाउँछ।
22 “अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढ्ता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निसासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।
23 “तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”
गहूँ र सामाको उखान
24 त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, 25 त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। 26 केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, 27 उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’
28 “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’
“चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’
29 “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। 30 फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’”
अरू केही उखानहरू
(मर्कूस 4:30-34; लूका 13:18-21)
31 तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। 32 त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।”
33 येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।”
34 येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन। 35 अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो:
“म उखान मार्फत तिमीहरूसँग बोल्छु;
उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”(B)
येशू कठिन उखानको व्यख्या गर्नुहुन्छ
36 त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।”
37 येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। 38 संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। 39 नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्।
40 “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। 41 मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। 42 स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। 43 तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन।
गाड़धन र मोतीको उखान
44 “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
45 “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। 46 एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
माछामार्ने जालको उखान
47 “स्वर्गको राज्य समुद्रमा हानेको एउटा महा-जाल जस्तै हो। त्यो जालमा विभिन्न किसिमका माछाहरू परे। 48 त्यो जालभरि माछा थिए। तब जालहारीले त्यो जाललाई किनारमा ताने, भुईंमा बसेर तिनीहरूले राम्रो किसिमका माछाहरू छुट्याउन र आफ्नो टोकरीमा हाल्न थाले। अनि तिनीहरूले नराम्रा किसिमका माछाहरू फ्याँकिदिए। 49 जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्। 50 स्वर्गदूतहरूले तिनीहरूलाई जल्दो भट्टीमा फालिदिनेछन्। ती मानिसहरू पीडाले रूनेछन् दाँत किट्नेछन्।”
51 तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, “के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?”
तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु, हामीले बुझ्यौं।”
52 तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “प्रत्येक शास्त्री जसले स्वर्गको राज्यको विषयमा सिकेको एउटा घरको मालिक जस्तै हुन्। उसले आफ्नो घरमा पुराना र नयाँ चीजहरू जोगाई राखेको हुन्छ। अनि उसले ती पुराना र नयाँ चीजहरू बाहिर झिक्दछ।”
येशू आफ्नो शहर जानुहुन्छ
(मर्कूस 6:1-6; लूका 4:16-30)
53 यसरी उखानहरूमा शिक्षा दिइसकेपछि येशूले त्यो स्थान छाड्नु भयो। 54 येशू आफू हुर्किएको ठाउँमा पुग्नुभयो। येशूले सभा घरमा तिनीहरूलाई शिक्षा दिनुभयो। मानिसहरू उहाँ देखि अचम्मित भए। यसकारण तिनले आपसमा कुरा गरे, “चमत्कारहरू गर्ने यस्तो बुद्धि र शक्ति यिनले कहाँबाट पाए? 55 यिनी उही सिकर्मीका पुत्र हुन्। अनि उनकी आमा मरियम हुन्। याकूब, यूसुफ, शिमोन र यहूदा उनका भाइहरू हुन्। 56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” 57 यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्।
तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।” 58 त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।
पर्खाल बनाउने कर्मचारीहरू
3 एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेंडा-ढोका[a] फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले यसको हन्मेआ बुर्जा देखी हननेलको बुर्जा सम्म समर्पण गरे।
2 यरीहोका मानिसहरूले पर्खालको अर्को भाग उसको छेउमा बनाए, अनि इम्रीका छोरा जक्कूरले तिनीहरू छेउको पर्खालको अर्को भाग बनाए।
3 हस्सनाका छोराहरूले माछा ढोका बनाए। तिनीहरूले त्यसका बीमहरू बनाए अनि त्यसका ढोकामा चुकुलहरू अनि बारहरू लगाए।
4 तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।
तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे।
अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।
5 तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।
6 पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।
7 तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रेटिस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।
8 उसको छेउमा सुनार[b] हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौंडा पर्खालको भाग पुनःर्निर्माण गरे।
9 तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे।
10 तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे। 11 हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।
12 तिनको छेउमा हल्लोहेशका छोराले शल्लूम यरूशलेमको आधा जिल्लाका शासकहरूले आफ्ना छोरीहरूसित मर्मत गरे।
13 हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।
14 रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।
15 कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।
16 तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।
17 तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।
18 तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे र हेनादादका छोरा बिन्नुईले जो कोलाका आधा जिल्लाका शासक थिए।
19 अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे। 20 तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे। 21 तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे। 22 तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।
23 तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।
24 तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।
25 तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।
26 अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।
27 उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।
28 पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे। 29 तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे। 30 तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।
तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे। 31 तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे। 32 अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।
बर्णाबास र शावलले खास काम प्रदान गरे
13 एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए। 2 ती मानिसहरू सवैले प्रभुको सेवा गरिरहेका थिए अनि उपवास लिएका थिए। पवित्र आत्माले तिनीहरूलाई भन्नुभयो, “खास कामको लागि मलाई बर्णाबास र शावल देऊ। मैले तिनीहरूलाई त्यो काम गर्नलाई छानेकोछु।”
3 तब तिनीहरूले उपवास र प्रार्थना गरे, तिनीहरूले बर्णाबास र शावल माथि आफ्नो हात राखे अनि बाहिर पठाए।
साइप्रसमा बर्णाबास र शावल
4 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे। 5 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए।
6 तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए। 7 बारयेशू सधैँ नै सर्गियस पौलस प्रशासकसित बस्दथे। सर्गियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे। 8 तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे। 9 तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे। 10 अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापन्जा मात्र छ। के तैले सधैँ प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्! 11 अब प्रभुले तँलाई छुनु हुनेछ अनि तुरन्तै तँ अन्धा हुनेछस्। केही समय तँ केही देख्न सक्ने छैनस् यहाँ सम्म कि घामको किरण पनि देख्दैनस्।”
तुरन्तै इलुमासमाथि धुम्म अनि अन्धार झर्यो। ऊ वरिपरि घुम्यो, अनि हात समातेर उसको मार्ग देखाउनलाई मानिसहरू खोज्यो। 12 जब प्रशासक सर्गियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।
पावल र बर्णाबासले साइप्रस छाडे
13 पावल र उनीसँग भएका मानिसहरू पाफोसबाट जहाजमा गए। तिनीहरू प्याम्फिलियाको एक शहर पर्गामा आई पुगे। तर यूहन्ना मर्कूसले तिनीहरूलाई छाडे, उनी यरूशलेम फर्के। 14 तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे। 15 मोशाका नियमहरू र अगमवक्ताहरूको पुस्तकहरू पाठ गरिए। त्यसपछि सभा-घरको कर्मचारीहरूरले पावल र बर्णाबासलाई एक समाचार पठाए। यो समाचारमा भनिएको थियोः “बन्धुहरू, यदि तपाईंहरू केही भन्नुहुन्छ, जो मानिसहरूका निम्ति लाभदायक छ भने, कृपया भन्नुहोस!”
16 पावल उभिए। उनले आफ्नो हात उठाए र भने, “मेरा यहूदी दाज्यू-भाइहरू एवं अन्य जनसमूह जसले प्रभुलाई साँच्चो श्रद्धा गर्दछ, कृपया मेरो कुरालाई ध्यानसित सुनिदेऊ! 17 इस्राएलका परमेश्वरले हाम्रा पुर्खाहरू छान्नु भयो। जब तिनीहरू मिश्रदेशमा परदेशी भएर बसेका थिए परमेश्वरले तिनीहरूलाई सफल गराउनका निम्ति सहयोग गर्नुभएको थियो। परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट आफ्ना महान शक्तिद्वारा निकाली ल्याउनु भयो। 18 अनि परमेश्वरले उनीहरूको व्यवहार त्यस मरूभूमिमा चालीस वर्ष सम्म सहनु भयो। 19 परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो। 20 यी सम्पूर्ण घट्नाहरू लगभग् 450 वर्षको अवधि सम्म थियो।
“त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो। 21 तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस वर्षसम्म राजा भएर राज गरे। 22 शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।’
23 “परमेश्वरले आफ्नो वचन अनुसार दाऊदको एउटा सन्तानलाई मुक्तिदाताको रूपमा इस्राएलमा पठाउनु भयो। त्यो वंशका सन्तान येशू हुनुहुन्छ। 24 येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने ‘तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।’ 25 यूहन्नाले आफ्नो काम सिध्याउने बेलामा भने, ‘म को हुँ भनेर तिमीहरू ठान्छौ? म ख्रीष्ट होइन। तर उहाँ, म पछि आउनु हुनेछ। म उहाँको जुत्ता फुकाल्ने सम्मको योग्यको छैन।’
26 “मेरा दाज्यू-भाइहरू! अब्राहाम परिवारका नानीहरू अनि तिमी धर्मभीरू गैर-यहूदीहरू, ध्यान दिएर मेरो कुरा सुन। यो मुक्तिको समाचार हामीकहाँ पठाइसकेको छ। 27 यरूशलेमका निवासीहरू अनि तिनीहरूका अगुवाहरूले येशू स्वयं नै मुक्तिदाता हुन् भनेर जान्दै जानेनन्। अगमवक्ताहरूले येशूको विषयमा लेखेका शब्दहरू हरेक विश्रामका दिनमा मानिसहरू प्रति पढिन्छ तर तिनीहरूले ती बुझेनन्। यहूदीहरूले येशूलाई निन्दा गरे। तर अगमवक्ताहरूले भनेका शब्दहरू पूर्ण भयो। 28 तिनीहरूले येशू किन मर्नु पर्थ्यो भन्ने कुनै खास कारण भेटाएनन्, तर तिनीहरूले उहाँलाई मार्न भनि पिलातससित माग गरे।
29 “यी यहूदीहरूले येशूको विषयमा के हुनेवाला थियो, धर्मशास्त्रमा लेखिएका सबै पुरा गरे। तब तिनीहरूले येशूलाई क्रूसबाट झारे अनि चिहानमा हाले। 30 तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराई उठाउनु भयो! 31 यस घट्ना पछि, धेरै दिन, मानिसहरू जो-जो येशूसँग गालिलीदेखि यरूशलेमसम्म साथ गएका थिए उनीहरूले उहाँलाई देखे। अहिले ती मानिसहरू नै उहाँको अरू मानिसहरूका निम्ति गवाही हुन्।
32 “हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ। 33 हामी तिमीहरूका बालकहरू हौं अनि परमेश्वरले यो प्रतिज्ञा हाम्रा निम्ति येशूलाई मृत्यूबाट बौराइ उठाउनु भएर पूरा गर्नु भएको छ। हामीले भजनसंग्रहमा पनि यो कुरा पढ़छौं:
‘तिमीहरू मेरा पुत्र हौ।
आज म तिमिहरूका पुर्खा भएँ।’(A)
34 परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयो,
‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’(B)
35 तर अर्को ठाउँमा भजनसंग्रहले भन्छ,
‘तिम्रो एकजनाको पवित्र शरीरलाई चिहानमा कुहुन दिइने छैन।’(C)
36 “दाऊदले आफ्नो अवधि भरि परमेश्वरको इच्छा अनुसार सेवा गरे। त्यसपछि दाऊदको मृत्यु भयो अनि उनका आफ्नै पुर्खाहरूसँग दफन गरियो। अनि उनको शरीर चिहानमा सड्यो। 37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। 38-39 दाज्यू-भाइहरू तिमीहरूले यो बुझ्नु पर्छः उहाँको मार्फत तिमीहरूको पापहरूका निम्ति क्षमा प्रदान गरिएको छ। अनि हरेक मानिस जसले उहाँमा विश्वास गर्छ ती सबै कुराहरूबाट मुक्त गरिन्छ जसको निम्ति मोशाको व्यवस्थाले तिमीलाई मुक्त गर्न सकेन। 40 अगमवक्ताहरूले केही घट्ना घट्नेछ भनेर भने, होशियार! सावधन! यस्तो घट्ना आफूमा घट्न नदेऊ। अगमवक्ताले भनेः
41 ‘जसले शंका गर्छौ, सुन्!
तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर;
किनभने तिमीहरूको अवधिमा,
म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ।
यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!’”(D)
42 पावल र बर्णाबासले सभाघर छोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे। 43 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।
44 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। 45 जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसँग तर्क-वितर्क गरे। 46 तर पावल र बर्णाबासले निडर भएर बोले। “परमेश्वरको सन्देश पहिला तिमी यहूदीहरूलाई भन्न आवश्यक थियो। तर तिमीहरूले सुन्न अस्वीकार गर्यौ। तिमीहरू आफैंले आफूलाई अनन्त जीवनको निम्ति अयोग्य ठान्यौ अब हामी अन्य जातिहरू तर्फ फर्कनेछौं। 47 यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ। परमप्रभुले भन्नुभयोः
‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु,
ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।’”(E)
48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए।
49 अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो। 50 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। 51 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। 52 तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।
© 2004, 2010 Bible League International