M’Cheyne Bible Reading Plan
दाऊदका छोराहरू
3 दाऊदका केही छोराहरूः हेब्रोन शहरमा जन्मेका थिए। यो दाऊदका छोराहरूको सूची होः
दाऊदका जेठा छोरा अम्मोन हुन। अम्मोनकी आमा अहीनोअम थिइन्। तिनी यिज्रेल शहरकी हुन्।
माहिला छोरा दानिएल थिए। तिनकी आमा अबीगेल यहूदाको कर्मेलकी थिइन्।
2 साहिंला छोरा अब्शालोम थिए। तिनकी आमा तल्मैकी छोरी माका थिइन्। तल्मै गशूरका राजा थिए।
काँहिला छोरा अदोनियाह थिए। तिनकी आमा हग्गीत थिइन्।
3 अन्तरे छोरा शपत्याह थिए। तिनकी आमा अबीतल थिइन्।
कान्छा छोरा यित्राम थिए। तिनकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
4 दाऊदका यी छ जना छोराहरू हेब्रोनमा जन्मिए।
दाऊदले त्यहाँ सात बर्ष छः महीना शासन गरे। दाऊदले यरूशलेममा 33 बर्ष सम्म राज गरे।
5 यरूशलेममा जन्मेका दाऊदका छोराहरू यी हुन्।
दाऊदकी पत्नी बेतशेबा अम्मीएलकी छोरी थिइन्। बेतशेबाबाट चारजना छोरा छोरीहरू भए, शिमा, शोबाब, नातान र सुलेमान। 6-8 अन्य नौ जना छोरा छोरीहरू थिए, यिभार, एलीशूअ, एलीपेलेत, नोगह, नेपेग, यापी, एलीशामा, एल्यादा अनि एलीशापेलेत। 9 तिनीहरू सबै दाऊदका छोराहरू थिए। दाऊदकी उप-पत्नीबाट अन्य छोराहरू थिए। तामार दाऊदकी छोरी थिइन्।
दाऊद पछि यहूदाका राजाहरू
10 सुलेमानका छोरा रहबाम थिए। अनि रहबामका छोरा अबियाह थिए। अबियाहका छोरा आसा थिए। आसाका छोरा यहोशापात थिए। 11 यहोशापातका छोरा योराम थिए। योरामका छोरा अहज्याह थिए। अहज्याहका छोरा योआश थिए। 12 योआशका छोरा अमस्याह थिए। अमस्याहका छोरा अजर्याह थिए। अजर्याहका छोरा योताम थिए। 13 योतामका छोरा आहाज थिए। आहाजका छोरा हिजकियाह थिए। हिजकियाहका छोरा मनश्शे थिए। 14 मनश्शेका छोरा आमोन थिए। आमोनका छोरा योशियाह थिए।
15 यो योशियाहका छोराहरूको सूची यही होः जेठा छोरा योहानान थिए। माहिला छोरा यहोयाकीम थिए। साहिंला छोरा सिदकियाह थिए अनि कान्छा छोरा शल्लूम थिए।
16 यहोयाकीमका छोराहरू यकोन्याह, तिनका छोरा सिदकियाह थिए।
बाबेल कब्जा पछि दाऊदको परिवार
17 यहोयाकीम बाबेलमा कैदी भए पछि यहोयाकीमका छोरा-छोरीहरूको सूची यही हो। तिनका छोरा-छोरीहरू शालतीएल, 18 मल्कीराम, पदायाह, शेनस्सर, यकन्याह, होशामा अनि नदब्याह थिए।
19 पदायाहका छोराहरू यरूबाबेल अनि शिमी थिए। यरूबाबेलका छोराहरू मशुल्लाम अनि हनन्याह थिए। शलोमीत तिनीहरूकी बहिनी थिइन्। 20 यरूबाबेलका अरू पनि पाँच जना छोरा थिए। तिनीहरूका नाउँ हशूबा, ओहेल, बेरेक्याह, हसयाह, अनि यूशप-हेसेद हो।
21 हनन्याहका छोरा पलत्याह थिए तिनका छोरा यशैयाह थिए अनि तिनका छोरा रपायाह थिए, अनि तिनका छोरा अर्नान थिए, तिनका छोरा ओबधाह, तिनका छोरा शकन्याह थिए।
22 यो शकन्याहका सन्तानहरूको सूची हो शमायाह शमायाहका छ जना छोराहरू थिएः शमायाह, हत्तूश, यिगाल, बारीह, नार्याह अनि शापात।
23 नार्याहका तीन जना छोराहरू थिए। ती एल्योएनै, हिजकियाह अनि अज्रीकाम थिए।
24 एल्योएनैका सात जना छोराहरू थिए। ती होदक्याह, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी थिए।
यहूदाका अन्य कुल समूहहरू
4 यो यहूदाका छोराहरूको सूची हो:
ती पेरेस, हेस्रोन, कर्मी, हूर अनि शोबाल थिए।
2 शोबालका छोरा रायाह थिए। रायाह यहतका पिता थिए। यहत अहूमै अनि लहदका पिता थिए। सोराती मानिसहरू अहूमै अनि लहदका सन्तान थिए।
3 एतामका छोराहरू यिज्रेल, यिश्मा अनि यिदबश थिए। अनि तिनीहरूकी हस्सलेल पोनी नाउँकी एक बहिनी थिइन्।
4 पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।
यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।
5 तकोका पिता अश्शूर थिए। अश्शूरको दुइ पत्नीहरू थिए। तिनीहरूको नाउँ हेला र नारा थियो। 6 नारा अहुज्जाम, हेपेर, तेमनी अनि हाहशतारीकी आमा थिइन्। यिनीहरू नाराद्वारा अश्शूरका पुत्रहरू थिए। 7 हेलाका छोराहरू सेरेत, यिसहार एतमान र कोस थिए। 8 कोस आनूब अनि सोबेबाका पिता थिए। कोस अहर्हेल परिवार समूहका पनि पिता थिए। अहर्हेल हारूमका छोरा थिए।
9 याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिंदा म अति वेदनमा थिएँ।” 10 याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनुहोस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।
11 कलूब शूअका भाइ थिए। कलूब महीरका पिता थिए। महीर एश्तोनका पिता थिए। 12 एश्तोन बेत-रापा, पासेह अनि तहिन्नाका पिता थिए। तहिन्ना इर-नाहशका पिता थिए। ती मानिसहरू रेकाका थिए।
13 कनजका छोराहरू ओत्नीएल अनि सरायाह थिए। ओत्नीएलका छोराहरू हतत अनि मोनोतै थिए। 14 मोनोतै ओप्राका पिता थिए। अनि सरायाह योआबका पिता थिए। योआब गहरशीमीका संस्थापक थिए। ती मानिसहरूलाई यो नाउँ दिए किनभने तिनीहरू कारीगरहरू थिए।
15 कालेब यपून्नेका छोरा थिए। कालेबका छोराहरू ईरू, एला, अनि नआम थिए। एलाका छोरा कनज थिए।
16 यहललेलका छोराहरू-जीप, जीपा, तिरया अनि असरेल थिए।
17-18 एज्राका छोराहरू येतेर, मेरेद, एपेर अनि यालोन थिए अनि बित्याहले मिर्याम, शम्मै अनि यिश्बहलाई जन्म दिए। यिश्बह एश्तमोका पिता थिए। अनि उसकी पत्नी यहूदाबाटका थिइन् जसले यरेद, हेबर र यकूतीएल जन्म दिइन्। यरेद गदोरका पिता थिए। हेबेर सोकोका पिता थिए अनि यकूतीएल जानोका पिता थिए। यी सबै फिराउनकी छोरी बित्याहका छोराहरू थिए तिनी यहूदाकी पत्नी थिइन्।
19 मेरेदकी पत्नी नहमकी बहिनी थिइन्। मेरेदको पत्नी यहूदाकी थिइन्। मेरेदको पत्नीका छोराहरू कीला र एश्तमोका पिता थिए। कीला गेरेमी मानिसहरूबाट थिए। अनि एश्तमो माकाती मानिसहरूबाट थिए। 20 शिमोनका छोराहरू अम्नोन, रिन्ना, बेन, हानान अनि तीलोन थिए।
यिशीकाछोराहरू जोहेत अनि बेन-जोहेत थिए।
21-22 यहूदाका छोरा शेला थिए। शेलाका छोराहरू- एर, लादा, योकीम, कोजेबाका मानिसहरू, योआश अनि साराप थिए। एर लेकाका पिता थिए। लादा मारेशा अनि बेत अश्बेयाम मलमलका लुगा बनाउने परिवार समूहका पिता थिए। योआश अनि सारापले मोआबी स्त्रीहरू विवाह गरे। तब तिनीहरू बेतलेहेम फर्की गए। यो परिवारको विषयमा लेखिएका कुराहरू अति पुराना छन्। 23 शेलाका ती छोराहरू कर्मी थिए जो माटोका सामानहरू बनाउँथे। तिनीहरू नताईम अनि गदेरामा बस्थे। तिनीहरू शहरमा बस्थे अनि राजाका निम्ति काम गर्थे।
शिमोनका सन्तानहरू
24 शिमोनका छोराहरू नमूएल, यामीन, यारीब, जेरह अनि शाऊल थिए। 25 शाऊलका छोरा शल्लूम थिए। शल्लूमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिश्मा थिए।
26 मिश्माका छोरा हम्मूएल थिए। हम्मूएलका छोरा जक्कूर थिए। जक्कूरका छोरा शिमी थिए। 27 शिमीको सोह्र जना छोरा र छ जना छोरीहरू थिए। तर शिमीका भाइहरूका धेरै छोरा थिएनन्। शिमीका भाइहरूको परिवार यहूदाका अन्य समूहहरूको जस्तै तिनीहरूको परिवार ठूलो थिएन।
28 शिमीका सन्तानहरू बर्शेबा, मोलादा, हसरशूआल, 29 बिल्हा, एसेम, तोलाद, 30 बतूएल, होर्मा, सिक्लग, 31 बेत, मर्काबोत, हसरशूसीम, बेत, बिरी अनि शारेममा बस्थे। तिनीहरू ती शहरमा दाऊद राजा नभए सम्म बसे। 32 यी शहरहरू नजिकका पाँचवटा गाउँ एताम, ऐन, रिम्मोन, तोकेन अनि आशान थिए। 33 त्यहाँ यो बेला सम्म अन्य गाउँहरू पनि थिए। यहीं तिनीहरू बस्थे अनि तिनीहरूले आफ्ना परिवारको इतिहास पनि लेखे।
34-38 यो सूची ती व्यक्तिहरूको हो जो तिनीहरूका परिवार समूहका प्रधान थिए। तिनीहरू मशोबाब, यम्लेक, अमस्याहका छोरा योशा, योएल, योशिब्याहका छोरा येहू, सरायाहका छोरा योशिब्याह, असीएलका छोरा सरायाह, एल्मयोएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, अनि जीजा शिपीका छोरा थिए। शिमी अल्लोनका छोरा थिए अनि अल्लोन यदायाहका छोरा थिए। यदायाह शिम्रीका छोरा थिए अनि शिम्री शमायाहका छोरा थिए।
यी मानिसहरूका परिवारहरू खुबै विशाल भए। 39 तिनीहरू गदोर शहर देखि बाहिर बेंसीको पूर्वतिरको क्षेत्रमा गए। तिनीहरू त्यस स्थानमा आफ्ना भेंडा र गाई बस्तुका निम्ति खर्क खोज्न गए। 40 तिनीहरूले त्यहाँ प्रशस्त मात्रामा फलवान भूमि भेट्टाए। भूमि विस्तृत शान्तिपूर्ण अनि सूनसान थियो। अतीतमा यहाँ हामका सन्तानहरू बस्थे। 41 यो त्यस समय थियो जब हिजकियाह यहूदाका राजा थिए। ती मानिसहरू गदोरमा आए अनि हामीत मानिसहरूसित युद्ध गरे। तिनीहरूले हामीत मानिसहरूका छाउनीहरू नष्ट गरिदिए। ती मानिसहरू मुनि जातिका मानिसहरूसितपनि लडे जो त्यहाँ बस्थे। यी मानिसहरूले समस्त मुनि मानिसहरूलाई परास्त गरे। यो स्थानमा अहिले पनि कुनै मुनि जातिका मानिसहरू छैनन्। यसर्थ ती मानिसहरू त्यहाँ बस्न थाले किनभने त्यो भूमिमा तिनीहरूका भेंडाहरूका निम्ति घाँस थियो।
42 शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे। 43 त्यहाँ केही बाँचेका अमालेकीहरू मात्र अझै बस्दै थिए। यसकारण यी शिमोनीहरूले तिनीहरूलाई मारिदिए। त्यस समय देखि अहिले सम्म ती शिमोनीहरू सेइरमा बसिरहेका छन्।
पुरानो करार अनुसार आराधना
9 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो। 2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे। 3 दोस्रो पर्दा पछिल्तिर, दोस्रो कोठा हुन्थ्यो जसलाई महा-पबित्रस्थान भनिन्थ्यो। 4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए। 5 बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं।
6 यस प्रकारले पाल मिलाइएको हुन्थ्यो। तब प्रतिदिन पूजाहारीहरू आराधनाकोलागि बाहिर पट्टिको पवित्र स्थान भित्र पस्थे। 7 तर भित्रपट्टिको दोस्रो कक्षमा प्रधान पूजाहारी मात्र पस्न पाउँथे, त्यो पनि वर्षमा एकपल्ट, अनि त्यसबेला पनि आफूसित रगत नलिई उनी पस्नु सक्दैन थिए। उनले त्यो रगत परमेश्वरलाई उनको आफ्नै र अरू मानिसहरूका अन्जानमा भएका पापहरूको लागि चढाउँथे,
8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जतिन्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो। 9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढ़ाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो। 10 ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउन्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।
नयाँ करार अनुसार आराधना
11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। 12 ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो।
13 अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो। 14 यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
15 ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ। 17 मानिस जीवित रहुन्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ। 18 पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो। 19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे। 20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुशरण गर्न भनी दिनुभएको नियमको रगत हो।”(A) 21 उसरी नै मोशाले त्यो रगत पवित्र स्थानमाथि र आराधनामा प्रयोग गरिने सबै सामानहरूमाथि छर्किथ्ये। 22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।
येशूको बलिदानले पापहरू पखालिन्छ
23 यी सब स्वर्गीय कुराहरूको नक्कल मात्र हुन्। यी सबै नमूनाहरूलाई पशुको बलिले शुद्ध पार्नु पर्थ्यो। तर स्वर्गका सक्ली कुराहरू यी भन्दा असल बलिहरूले स्वच्छ पार्नुपर्छ। 24 ख्रीष्ट परम-पवित्र स्थानमा जानु भयो जुन स्थान मानिसले बनाएको थिएन। त्यो नक्कल थिएन तर मौलिक स्थान थियो। ख्रीष्ट हाम्रो सहायताका निम्ति परमेश्वरको अघि अहिले देखापर्न स्वर्गनै जानु भयो।
25 प्रधान पूजाहारी परमपवित्र स्थानमा वर्षमा एकपटक पस्छन्। उनले त्यहाँ चढ़ाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरि-घरि चढाए जस्तो आफूलाई धेरै पटक चढ़ाउन होइन। 26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैँ भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैंलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो।
27 सबैले एकपल्ट मर्नैपर्छ। मरेपछि उसको न्याय हुन्छ। 28 यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई पर्खिरहेका छन्।
इस्राएललाई चेतावनी
3 हे इस्राएलीहरूहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरूको विरुद्ध भन्नु भएकोछ। 2 “विभिन्न धेरै परिवारका मानिसहरूले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरूलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरू मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरूका सबै पापहरूका निम्ति तिमीहरूलाई दण्ड दिनेछु।”
इस्राएलले सजाए पाउने कारणहरू
3 दुइ जनाको आपसमा सहमत् नभए सम्म
सँग-सँगै हिँड्न सक्तैनन्।
4 के बुढो सिंह जङ्गलमा
आफ्नो शिकार पाउनअघि गर्जन्छ?
के जवान सिंह शिकार नसमातिकन
गुफा भित्र गर्जन्छ?
5 जबसम्म तिमीले जालमा चारो हाल्दैनौ
चरा पक्रनु सक्दैनौ।
अनि जब जाल माथिउठ्छ
यसले चराहरू पक्रनेछ।
6 के युद्धको तुरहीको ध्वनी सुनेर
मानिसहरू डराउँदैनन्?
अनि यदि शहरमा कष्टहरू आउँछ भने
त्यो परमप्रभुद्वारा पठाइएको हो।
7 मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सक्नु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। 8 यदि कुनै सिंह गर्जियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोक्न सक्छ?
9-10 अश्दोद र मिश्रका किल्लाहरूमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरूमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किनभने त्यहाँ अपराध गरिएको छ। तिनीहरू एक-अर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरूले तिनीहरूको किल्लामा डकैती र लुटेका मालहरू थुपार्छन्।”
11 यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरूको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरूको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।”
12 परमप्रभु भन्नु हुन्छ,
“जसरी गोठालोले सिंहको मुखबाटथुमा बचाउँदा,
उसको दुइ खुट्टा र एउटा कान मात्र बचाउन सक्ला,
त्यसरी नै विलासीपूर्ण सोफामा
र रेशमी ओछ्यानहरूमा सुत्ने
सामरियामा बस्ने इस्राएली मानिसहरू मध्ये
कोहि मात्र सुरक्षित रहने छन्।”
13 मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरूलाई यो कुराहरूको चेतावनी देऊ। 14 परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरूको लागि दण्ड दिनेछु। म बेतेलका वेदी नष्ट गरिदिनेछु र समस्त वेदी भुईँमा खस्ने बनाउँछु। 15 म गर्मिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरू पनि नष्ट गरिदिनेछु, धेरै घरहरू नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ।
1 परमप्रभुको प्रशंसा गरौं!
हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर!
2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु
जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर।
किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।
4 मानिसहरू मर्दछन् र गाडिन्छन्,
अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।
5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्।
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो।
परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो।
परमप्रभुले तिनीहरूलाई सधैँ रक्षा गर्नुहुन्छ।
7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ।
परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो।
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।
8 परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो।
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो सङ्कटमा परेका छन्।
परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ।
परमप्रभुले विधवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।
10 परमप्रभुले सधैँको निम्ति राज्य गर्नुहुनेछ
हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ।
परमप्रभुको प्रशंसा गरौं!
1 परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
परमप्रभुप्रति स्तुतिगान गर!
उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
2 परमप्रभुले यरूशलेम बनाउनु भयो।
परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
जसलाई कैदी बनाएर थुनिएको थियो।
3 परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
4 परमेश्वरले ताराहरू गन्नुहुन्छ,
र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
5 हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
उहाँको ज्ञान अपार छ।
6 परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
7 परमप्रभुलाई धन्यवाद होस्।
हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
8 परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
9 परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10 युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
उहाँलाई खुशी पार्दैन।
11 परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
जसले उहाँको प्रेममा भरोसा राख्छन्।
12 हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13 यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14 परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15 परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
16 जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17 परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18 त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
19 परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20 परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
© 2004, 2010 Bible League International