M’Cheyne Bible Reading Plan
राजा नबूकदनेसर यहूदा आऊँछन्
24 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन बर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए। 2 परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।
3 परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए। 4 परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।
5 अरू कामहरू जो यहोयाकीमले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 6 यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।
7 बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।
नबूकदनेस्सर यरूशलेम दखल गर्छन्
8 यहोयाकीन 18 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।
9 यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।
10 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे। 11 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए। 12 यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं बर्षमा भयो।
13 नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो।
14 नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्। 15 नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे। 16 त्यहाँ 7,000 सैनिकहरू थिए। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।
राजा सिदकियाह
17 बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए। 18 सिदकियाह 21 बर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ हमूतल थियो जो लिब्नाको यिर्मयाहकी छोरी थिइन्। 19 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए। 20 परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।
नबूकदनेस्सरले सिदकियाहको शासन शेष पार्छन
सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।
6 1-2 यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोड्नु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै फर्कनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू,[a] मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतकको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढ़नु पर्छ। 3 परमेश्वरले चाहनु भए हामी त्यो पनि गर्छौं।
4-6 मानिसहरूले ख्रीष्टलाई छोडिदिए पछि, तिनीहरूका जीवनको बाटो फेरि बदल्न सकिएला? सत्य सिक्नेहरू बारे म भन्दैछु। तिनीहरूले परमेश्वरबाट उपहार लिएका छन् र पवित्र आत्माको भागीदार बनेका छन्। तिनीहरूले परमेश्वरले भन्नुभएको वचन सुनेका छन्, र परमेश्वरको नयाँ संसारको महाशक्ति देखेका छन्। अनि ती कुराहरू खुबै राम्रा थिए भनेर तिनीहरूले बुझेका छन्। तर त्यसपछि तिनीहरूले ख्रीष्टलाई छोडे। अब तिनीहरूलाई फर्काएर फेरि ख्रीष्टमै ल्याउन असंभव छ। किनकि तिनीहरूले ख्रीष्टलाई फेरि क्रूसमा टाँगेर काँटी ठोक्दैछन्। तिनीहरूले मानिसहरूको सामू ख्रीष्टलाई लज्जित तुल्याउँदै छन्।
7 जुन खेतले घरि-घरि पानी पाउँछ र खेती गर्नेलाई अन्न उमार्छ। यस्ता खेतले परमेश्वरको आशीर्वाद पाउँछ। 8 तर यदि त्यस जमीनले काँढा र सिउँडीहरू उमार्छ भने त्यो बेकार छ। त्यस जमीनले परमेश्वरबाट श्राप पाउने डर छ र त्यसलाई आगोले डडाउने छ।
9 प्रिय मित्रहरू, यद्यपि हामी तिमीहरूलाई यी कुराहरू भन्छौं। तथापि हामी ढुक्क छौं कि तिमीहरूको अवस्था त्यो भन्दा धेरै राम्रो छ र त्यसले तिम्रो मुक्तिको जमानत दिन्छ। 10 परमेश्वर न्यायसँगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले सन्झनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
11 तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ। 12 अल्छे नहोऊ, हामी तिमीहरूलाई तिनीहरू जस्तै होऊ भन्ने चाहन्छौ जसले परमेश्वरका वचनवद्ध कुराहरू पाए। तिनीहरूले परमेश्वरका वचनहरू पाउँछन किनकि तिनीहरूको विश्वास र धैर्य छ।
13 परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ। 14 परमेश्वरले भन्नुभयो, “म तिमीलाई निश्चितरूपले आशीर्वाद दिदँछु। म तिमीलाई धेरै सन्तान दिनेछु।”(A) 15 यो कुरो हुनलाई अब्राहामले धैर्यसाथ पर्खे। अनि पछि; अब्राहामले परमेश्वरको वचन पाए।
16 शपथ लिँदा मानिसले आफूभन्दा ठूलोको नाउँ लिँदछन्। तिनीहरू के भन्छन्, त्यो शपथले साँच्चो छ भनी निश्चित गर्छ अनि विवादलाई निषेद गर्दछ। 17 जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाणित गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझुन् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सक्नु हुन्न, अनि जब उहाँले कुनै शपथ लिनुहुन्छ उहाँले पुरा गर्नु हुन्छ। 18 यी दुइ कुराहरू बद्लिन सक्दैनन्।
अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौं। 19 हाम्रो आशा एउटा लङ्गूर जस्तो हो। यो मजबूत र निश्चित छ यसले हाम्रो प्राण बचाउँछ। यो मन्दिरको पवित्र स्थानको पर्दाको पछि समेत पस्दछ। 20 येशू अघिबाटै त्यस ठाउँमा पसिसक्नुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
यहूदाको शत्रुहरूलाई सजाय दिईनेछ
3 “हो, ती दिनहरूमा अनि त्यस समयमा म यहूदा र यरूशलेमलाई कैदबाट मुक्त पार्नेछु अनि देशबाट निर्वासितहरूलाई फर्काएर ल्याउनेछु।[a] 2 म सबै जातिलाई भेला गर्नेछु। यो सबै जातिलाई यहोशापातको बेंसीमा भेला पार्छु, अनि त्यहाँ नै म उनीहरूलाई न्याय गर्नेछु। तिनहरूलेनै मेरो मानिसहरूलाई तितर-बितर परेका थिए। अन्य जातिहरूको बिचमा बस्न बाध्य तुल्याएको थिए। यसैकारण म तिनीहरूलाई दण्ड दिनेछु। तिनीहरूले मेरो भूमिलाई भाग-भाग गरेकाछन्। 3 तिनीहरूले मेरो मानिसहरूको निम्ति चिट्ठा हाले। तिनीहरूले एउटा केटालाई वेश्यागमनको लागि बिक्रिगरे अनी एउटी केटीलाई दाखरसको निम्ति बेचे अनि मद पिए।
4 “हे सोर र सिदोन, पलिश्तीका सम्पूर्ण भूमिहो। मलाई तिमीहरू को वास्ता छैन? के तिमीहरू मैले गरेको कुनै कर्मको निम्ति सजाय दिइरहेछौ! हुनसक्छ तिमीहरूले यो सोचिरहेका होलाऊ कि तिमीहरूले मलाई दण्ड दिई रहेकाछौ, तर चाँडै म नै तिमीहरूलाई दण्ड दिनेछु। 5 तिमीहरूले मेरो सुन र चाँदी चोर्यौ। मेरो बहुमूल्य रत्नहरू चोरेर तिमीहरूले तिम्रो आफ्नो मन्दिरमा राख्यौ।
6 “तिमीहरूले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई यूनानीहरूको हातमा बेचिदियौ। ता कि तिनीहरू आफ्नो भूमिबाट टाढा लगिनेछन्। 7 तिमीहरूले मेरा मानिसहरूलाई तिनीहरूका देशबाट टाढा पठायौ। तर म तिनीहरूलाई फर्काएर ल्याउन लागेको छु अनि तिमीहरूले जे गर्यौ त्यसका निम्ति म तिमीलाई दण्ड दिनेछु। 8 म तिमीहरूका छोरा-छोरीहरूलाई यहूदाकै हातमा बेचिदिनेछु। अनि उनीहरूले फेरि तिनीहरूलाई एउटा टाढा देशमा बस्ने शबाहरूको हातमा बेचिदिनेछन्।” यो कुरा परमप्रभुले भन्नुभएकोछ।
युद्धको निम्ति तयार होऊ
9 जाति-जातिहरूलाई यो बताई देऊ,
युद्धकोलागि तयारिबस!
सुरबिरहरूलाई बोलाऊ,
सम्पूर्ण योद्धाहरूलाई भेलागर।
उनीहरूलाई जगाऊ!
10 तिनीहरूको हलोको फालीहरू पिटेर तलबार बनाऊ।
हँसियाहरूबाट तिमीहरूका भाला बनाऊ।
अनि कमजोर मानिसले भनुन्,
“म एउटा योद्धा हुँ!”
11 हे सबै देशका जातिहरू!
छिटो गर! त्यहाँ भेला होऊ।
हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरू लिएर आउनु होस्।
12 हे देशबासीहरू, उठ!
यहोशापातको बेंसीमा आऊ!
म त्यहीं बसेर सबै जातिहरूको न्याय गर्नेछु।
13 तिमी हँसिया लिएर आऊ!
किनकि फसल काट्ने समय भईसकेको छ।
आऊ! दाखहरू कुल्च,
किनकि दाखको घडा भरिसकेको छ।
घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ।
किनकि उनीहरूले ज्यादै दुष्टता देखाएकाछन्।
14 निर्णय गरिने बेंसीमा मानिसको धुइरो छ,
किनकि फैसला गर्ने बेंसीमा परमप्रभुको विशेष दिन नजिकै आएकोछ।
15 सूर्य, चन्द्रमा अँध्यारो हुनेछन्।
ताराहरू चम्कने छैनन्।
16 परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ।
उहाँ यरूशलेमबाट गर्जनु हुनेछ।
आकाश र पृथ्वी थरथर काँप्ने छ,
तर परमप्रभु उहाँका मानिसहरूका निम्ति शरणस्थान हुनुहुनेछ।
एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
17 “त्यस समय तिमीहरूले जान्नेछौ की,
म नै परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो।
यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरू कहिल्यै जानेछैनन्।”
यहूदालाई जीवनका निम्ति नयाँ प्रतिज्ञा
18 “त्यसदिन मिठो दाखरस पहाडहरूमा चुहिनेछ।
डाँडाहरूबाट दुधको नदी बग्नेछ।
यहूदाका सबै खोल्साहरूमा पानी बग्न थाल्नेछ।
परमप्रभुको मन्दिरबाट एउटा मुलफुटेर
सित्तिमको बेंसीलाई भिजाउँने छ।
19 मिश्रदेश मरुभूमिझैं हुनेछ अनि एदोम पनि उजाड भूमि हुनेछ।
किनकि तिनीहरू यहूदाका मनिसहरू प्रति निष्ठुर थिए।
तिनीहरूले तिनीहरूकै देशको
निर्दोष मानिसको हत्या गरेका छन्।
20 यहूदाका मानिसहरू सदा-सर्वदा रहनेछन्,
अनि यरूशलेम पुस्तौं-पुस्ता सम्म मानिसको बासस्थन हुनेछ।
21 तिनीहरूले मेरो मानिसहरूको हत्या गरे।
यसकारण म उनीहरूलाई सजाय दिनेछु।”
किनकि परमप्रभु परमेश्वर सियोनमा बास गर्नुहुन्छ।
दाऊदको एउटा भजन।
143 हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्।
मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्।
तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।
2 मलाई कुनै मामिला नलगाउनु होस्।
म आफैं आफ्नो प्रतिक्षा गर्न सक्ने थिइनँ।
तपाईंको तुलनामा कसैलाई पनि निर्दोष पाउन सकिंदैन।
3 तर मेरो शत्रुहरूले मलाई खेदो गरिरहेछन्।
तिनीहरूले मेरो जीवन मैला-फोहर झैं अभिशप्त पारे।
धेरै बर्ष अघी मरेको मानिस सरह,
तिनीहरूले मलाई अन्धकार चिहानतिर धकेले।
4 म छोड्न तयार छु,
म आफ्ना आँट हराई रहेछु।
5 तर म ती घट्नाहरू सम्झन्छु जुन धेरै बर्ष अगाडि घटेको थियो।
म तपाईंले गर्नु भएको धेरै कुराहरू बारे सोचिरहेछु।
म तपाईंले गर्नु भएका ती कुराहरूका बारेमा भनिरहेछु,
जुन तपाईंले आफ्नो महान् शक्तिद्वारा गर्नुभयो!
6 परमप्रभु, म मेरो पाखुराहरू उठाएर तपाईंलाई प्रार्थना गर्दछु।
बाँझो धर्तीले बर्षा पर्खे जस्तै म तपाईंको साथ पर्खिरहेछु,।
7 परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्।
मैले आफ्नो आँट हराएँ।
मदेखि टाढा नभाग्नु होस्।
मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
8 परमप्रभु, आज बिहान तपाईं आफ्नो स्नेहपूर्ण करूणा मलाई देखाउनु होस्।
म तपाईंलाई भरोसा गर्दछु,
मैले गर्नुपर्ने कुराहरू मलाई देखाउनु होस्।
तपाईंको हातमा मैले आफ्नो जीवन अर्पण गरें।
9 हे परमप्रभु, म तपाईंकहाँ सुरक्षाको निम्ति आएको छु।
मलाई मेरो शत्रुहरूबाट बचाउनु होस्।
10 तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्।
तपाईं मेरो परमेश्वर हुनुहुन्छ।
तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।
11 हे परमप्रभु, मलाई बाँच्न दिनुहोस्,
यसकारण मानिसहरूले तपाईंको नाउँको प्रशंसा गर्नेछन्।
तपाईं वास्तवमा धर्मी हुनुहुन्छ भनेर दर्शाउनु होस्,
अनि मेरो शत्रुहरूबाट मलाई बचाउनु होस्।
12 हे परमप्रभु, तपाईंको प्रेम देखाउनुहोस्,
अनि मेरो शत्रुहरूलाई परास्त पार्नुहोस्,
जसले मलाई मार्ने प्रयास गरिरहेका छन्।
किनभने म तपाईंको दास हुँ।
© 2004, 2010 Bible League International