Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the GNT. Switch to the GNT to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 12:27-13:31

यरूशलेम पर्खाल को समर्पण

27 जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। सबै ठाउँका लेवीहरूलाई भेला गरेर तिनीहरूलाई खुशीयाली सहित यरूशलेममा ल्याइयो, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्याम्टा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति आए।

28-29 गवैयाहरूलाई यरूशलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो। अनि बेत-गिलगाल, गेबार बेत-अज्मोतका खेतहरूबाट पनि एकत्र गरियो। किनकि गवैयाहरूले स्वयंका निम्ति यरूशलेम वरिपरिका गाउँहरू निर्माण गरेका थिए।

30 पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।

31 त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फको पर्खाल माथि गए। 32 अनि तिनीहरूपछि होशियाह अनि यहूदाका आधा अगुवाहरू गए। 33 अजर्याह, एज्रा, मशुल्लम, 34 यहूदा, बिन्यमीन, शमायाह अनि तुरहीसहित यिर्मयाह पनि गए। 35 केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शमायाहका छोरा, मत्तन्याहका छोरा जक्कूरका छोरा आसापका छोरा। 36 अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य-यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए। 37 अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।

38 दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा 39 पार गरी एप्रैमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेंडा-ढोकासम्म बुर्जा भएर भेंडा द्वारसम्म अनुशरण गर्यौ। अनि तिनीहरू रक्षक ढोकामा रोकिए। 40 ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू। 41 साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले 42 मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं।

गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए। 43 त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा-केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।

44 त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए। 45 दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे। 46 यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। (धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।)

47 यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।

नहेम्याहको अन्तिम आज्ञा

13 त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तक बाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन। किनभने तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानीद्वारा स्वागत जनाएका थिएनन् र तिनीहरूलाई श्राप दिनलाई तिनीहरूको विरूद्ध बालामलाई ज्यालामा ल्याएका थिए। तर परमेश्वरले श्रापलाई वरदानमा परिणत गरिदिनुभयो। जब तिनीहरूले व्यवस्था सुने तिनीहरू हरेक विदेशीलाई इस्राएलबाट पृथक गरे।

4-5 यसको अघि पूजाहारी एल्याशीबालाई परमेश्वरको मन्दिरका सेवकहरूको जिम्मामा राखेका थिए। तिनी तोबियाहका (अम्मोनी) वैवाहिक सम्बन्ध थियो। अनि तिनीले तोबियहाको निम्ति एक विशाल कोठाको व्यवस्था गरिदिएका थिए। पहिले तिनीहरूले त्यहाँ अन्नबलि, धूप, मन्दिरका भाँडा-वर्त्तनहरू अनि अन्नका दशांश, नयाँ दाखरस अनि तेल जम्मा गर्न प्रयोग गरेका थिए। त्यो दिन तिनीहरूलाई लेवी, गवैया, द्वारपाल अनि पूजाहारीहरूले आदेश दिएका थिए।

यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं बर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें। अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ। म यस विषयमा अत्यन्त क्रोधित भएँ यसर्थ, मैले तोबियाहका सबै घरेलु मालसामान आँगनमा फ्याँकिदिएँ। तब कोठालाई रीतिपूर्वक शुद्ध गर्ने मैले आदेश गरे। अनि त्यहाँ मैले धूपसहित र अन्नबलि परमेश्वरको मन्दिरका भाँडा-वर्त्तनहरू फर्काएँ।

10 तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए। 11 मैले अधिकारीहरूलाई, “परमेश्वरको मन्दिरको किन उपेक्षा गरिएकोछ?” भनी हप्काएँ। त्यस पछि मैले तिनीहरूलाई भेला गरें। अनि तिनीहरूलाई फेरि काममा फर्काएँ। 12 तब समस्त यहूदाले अन्नको दशांश, नयाँ दाखरस अनि तेल भण्डार कक्षमा ल्याएँ।

13 त्यसपछि मैले भण्डार कक्षमा कोषाध्यक्षको रूपमा पूजाहारी शेलेम्याह, शिक्षक सादोक अनि लेवी पदायहलाई नियुक्त गरें र हनान जाक्कूरका छोरा, मत्तन्याहका छोरालाई पनि तिनीहरूका सहायकको रूपमा नियुक्त गरे। किनकि तिनीहरू विश्वास योग्य थिए अनि यो यसकारण आफ्ना सहायकलाई अंश दिन तिनीहरूको कार्य भयो।

14 हे मेरो परमेश्वर यसका निम्ति मलाई याद गरिदिनुहोस्। मैले परमेश्वरको मन्दिर अनि यसको सेवाका निम्ति गरेका मेरो असल कर्मलाई नभुलि दिनुहोस्।

15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने काम गरिरहेको देखें। अनि अन्नका राश ल्याएका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखें। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।

16 यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए। 17 तब मैले यहूदाका मुख्य मानिसहरूलाई हप्काएँ। अनि मैले तिनीहरूलाई भने, “यो के दुष्कर्म तिनीहरू गरिरहे छौ विश्राम-दिनलाई अपवित्र तुल्याउँछौ? 18 तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद् ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”

19 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।

20 एक वा दुइपल्ट सबै थरिका व्यापारी अनि बिक्रेताहरूले यरूशलेम बाहिर रात बिताए। 21 तिमीहरू पर्खालको अघि किन रात बिताउँदैछौ? “तिमीहरूले फेरी यसो गर्यौ भनें म तिमीहरू माथि बल प्रयोग गर्ने छु।” भनी तिनीहरूलाई चेतावनी दिएँ। त्यसबेला देखि तिनीहरू विश्राम-दिनमा आएनन्।

22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें।

हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।

23 ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें। 24 तिनीहरूका आधा केटा-केटीहरूले अश्दोद वा अन्य मानिसका भाषा बोल्दथे अनि तिनीहरूले यहूदाको भाषा कसरी बोल्नु सो जान्दैन थिए। 25 यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाएँ, “तिनीहरूलाई आदेश दिएँ तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्। 26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो तर विदेशी स्त्रीहरूले उहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए। 27 अनि आज हामीहरू सुन्दैछौं कि तिमीहरूले त्यस्तै ठूला पापहरू गरिरहेका छौं, तिमीहरूले परमेश्वरमा साँच्चो जीवन जीएका छैनौ। तिमीहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका छौ।”

28 यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।

29 मेरो पिताले त्यस्तो मानिसहरूलाई सजाए दिनुहुन्छ, जसले अशुद्ध बनाउँछन्। तिनीहरूले यसलाई प्रधानताको मुख्य सम्झना रहोस्। तिनीहरूले पूजाहारीहरू र लेवीहरूको आज्ञाका पालन गरेनन्। 30 मैले पूजाहारीहरू र लेवीहरूलाई विदेशीहरूबाट छुट्टाएँ अनि तिनीहरू प्रत्येकलाई विदेशी कुरा देखि शुद्ध पारे तिनीहरूको आफ्नै कामहरू अनि उत्तरदायित्वहरू दिएँ। 31 मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्।

हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।

1 कोरिन्थी 11:1-16

11 मेरो उदाहरण लिने चेष्टा गर जस्तो म ख्रीष्टको उदाहरण लिन्छु।

मालिकको अधीनमा हुनु

म तिमीहरूको प्रशंसा गर्दछु कारण तिमीहरूले सबै कुरामा मलाई सम्झन्छौ अनि मैले दिएको शिक्षालाई तिमीहरूले ठीकसँग पालन गर्दछौ। म चाहन्छु कि तिमीहरूले यो पनि जानि राखः प्रत्येक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ। अनि स्त्रीको शिर पुरुष हो। र ख्रीष्टको शिर परमेश्वर हुन्।

हरेक पुरुष जसले शिरलाई छोपेर अगमवाणी गर्दछ वा प्रार्थना गर्दछ उसले शिरलाई अनादर गर्दछ। तर हरेक स्त्री जसले प्रार्थना वा अगमवाणी गर्दछे उसले आफ्नो शिर ढाक्नु पर्छ। यदि उसको शिर छोपिन भने उसले आफ्नो शिरलाई अनादर गरेकी हुन्छे। तब ऊ शिर खौरेकी स्त्री जस्तै हुन्छे। कुनै स्त्रीले आफ्नो शिर छोप्दिन भने, तब यो उसले जम्मै केश काटेको जस्तै छ। तर जब केश काट्नु वा शिर खौरनु एउटी स्त्रीको लागि शरमको कुरा हुन्छ यसैले आफ्नो शिर छोप्नु पर्छ।

पुरुषले आफ्नो शिर ढाक्नु पर्दैन। किनकि ऊ परमेश्वरको प्रतिरूप हो ऊ परमेश्वरको महिमा हो। तर महिला पुरूषको महिमा हो। पुरुष स्त्रीदेखि आएको होइन, तर स्त्री पुरुषदेखि आएको हो। अनि पुरुष स्त्रीको लागि बनिएको होइन तर स्त्री पुरुषको लागि बनिएकी हो। 10 र त्यसैकारणले अधीनताको चिन्ह स्वरूप स्त्रीले आफ्नो शिर केही चीजले छोपेकी हुनुपर्छ। स्वर्गदूतहरूको कारणले उसले यसो गर्नु पर्दछ।

11 तथापि प्रभुमा स्त्री पुरुषकोलागि महत्वपूर्ण छ र पुरुष स्त्रीको लागि महत्वपूर्ण छ। 12 यो साँच्चो हो कि स्त्री पुरुषदेखि आएकी हो तर पुरुष पनि स्त्रीबाट जन्मेको हो। वास्तवामा सबै कुरो परमेश्वरबाटै आउँदछ।

13 यो आफैं निर्णय गर के स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्नु ठीक होला? 14 लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ। 15 तर लामो केश हुनु स्त्रीको निम्ति सम्मानको कुरो हुन्छ। स्त्रीलाई आफ्नो शिर ढाक्नलाई लामो केश दिइएको छ। 16 यस विषयमा कोही मानिस अझै बहस गर्न खोज्छन्। हामी र परमेश्वरका मण्डलीहरूको त्यस्तो व्यवहार छैन।

भजनसंग्रह 35:1-16

दाऊदको भजन।

हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्।
    मेरा लडाईँहरू लडिदिनु होस्!
हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्।
    उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
भाला र बर्छा लिनुहोस्
    अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्।
परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”

कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्।
    तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्।
    तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्।
यसर्थ तिनीहरूलाई जित्नु होस्
    र लज्जित पार्नु होस्।
तिनीहरूलाई हावाले उडाउने भूस[a] जस्तो बनाउनु होस्।
    तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्।
    परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे।
    कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्।
    तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्।
    तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्।
तब म परमप्रभुमा हर्षित रहनेछु।
    जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु।
10 मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ,
    “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ,
तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस्
    तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्,
    म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्।
    हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13 जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे।
    मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें।
    (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।)
14 मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें।
    कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ।
    मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ।
    म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15 तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे।
    तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्,
म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ।
    तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16 तिनीहरूले गाली गरे र मेरो खिसी गरे।
    तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।

हितोपदेश 21:17-18

17 जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।

18 एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस ईमान्दार मानिसको निम्ति हुनेछ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International