Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the CSB. Switch to the CSB to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
नहेम्याह 3:15-5:13

15 कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।

16 तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।

17 तिनको पछि लेवीहरूले मर्मत गरे। बानीका छोरा रहूमले अनि तिनको छेउमा हशाबियाह कोलाका आधा जिल्लाका शासकहरूले उसको जिल्लाको निम्ति मर्मत गरे।

18 तिनको पछि तिनीहरूका भाइहरूले मर्मत गरे र हेनादादका छोरा बिन्नुईले जो कोलाका आधा जिल्लाका शासक थिए।

19 अनि तिनको छेउमा येशूअका छोरा एजेर मिस्पाका शासकहरूले शस्त्रगार चढने ठाँउ पारी अर्को अंश देखि कोण ढिस्कासम्म मर्मत गरे। 20 तिनको छेउमा जब्बैका छोरा बारूकले कठिन परिश्रम गरे अनि प्रधान पूजाहारी एल्यासीबको मन्दिरको ढोकासम्म मर्मत गरे। 21 तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे। 22 तिनको पछि वरिपरिका क्षेत्रका बस्ने पूजाहारीहरूले मर्मत गरे।

23 तिनीहरू पछि बिन्यामीन अनि हश्शूबले मन्दिर देखि पारी मर्मत गरे। तिनीहरू पछि हननियाहका छोरा, मासेयाहका छोरा अजर्याहले आफ्नो मन्दिरको छेउमा मर्मत गरे।

24 तिनको छेउमा हेनादानका छोरा बिन्नूईले अजर्याहको मन्दिर देखि दिस्कना अनि कुनासम्म अर्को अंश मर्मत गरे।

25 तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।

26 अनि मन्दिरका सेवकहरू जो ओपेलमाथि बस्थे तिनीहरूले पूर्वपट्टिको पानीद्वारा अनि बाहिर निस्केको बुर्जासम्म मर्मत गरे।

27 उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।

28 पूजाहारीहरूले अश्व-मल-ढोका माथि प्रत्येकले आफ्नो घरको सामुन्ने मर्मत गरे। 29 तिनीहरूको छेउमा हम्मेरका छोरा सादोकले आफ्नो घरको सामुन्ने मर्मत गरे। तिनीहरूको पछि शकन्याहको छोरा शमायाहले मर्मत गरे जसले पूर्व द्वारको रक्षा गर्थे तिनले मर्मत गरे। 30 तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।

तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे। 31 तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे। 32 अनि कुनाको माथिल्लो कोठा र भेंडा-ढोकाको माझ सुनार र व्यापारीहरूले मर्मत गरे।

सम्बल्लात अनि तोबियाह

हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यहूदीहरू प्रति हाँसे। अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पुनःर्निर्माण गर्न सक्छन्? के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”

अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”

मैले भनें, “हाम्रा परमेश्वर! हाम्रो प्रार्थना सुन्नु होस्। यी मानिसहरूले हाम्रो गिल्ला गर्छन् किनभने हामीहरू तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी भए झैं तिनीहरू टाढा-टाढा पुग्नु परोस्। तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”

यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।

जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए। यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरूद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।

10 तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै फोहर मैलाहरू छन्। हामी आफैंले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौं। 11 अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।’”

12 जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, “हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”

13 तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाएँ। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ। 14 सबै कुरा हेरे पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। यादगर हाम्रा परमप्रभु महान् अनि शक्तिशाली हुनुहुन्छ। एका-अर्काको सम्मुख आफ्ना भाइहरू, आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाईं गर।”

15 जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामी सबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं। 16 त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए। 17 भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे। 18 प्रत्येक निर्माण-कर्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो। 19 मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं। 20 जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”

21 यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।

22 त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेवकहरूले यरूशलेममानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्।” 23 यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुशरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं। हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।

नहेम्याहले गरीबहरूलाई सहायता गरे

अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले। कोही भन्दै थिए, “हामी आफ्ना छोरा अनि छोरीहरूसित धेरै छौं। यसर्थ हामीलाई केही अन्न दिनु होस् जसद्वारा हामी खाएर जीवित रहन सकौं।”

अरूहरू भन्दै थिए, “हामी हाम्रा खेतहरू, दाखबारीहरू अनि हाम्रा घरहरू बन्दक[a] राख्दैछौ जसमा कि अनिकालको समयमा हामीले अन्न पाउन सकौं।”

अझ अरूहरू भन्दै थिए, “हामीले हाम्रा खेतहरू अनि दाख बारीहरूमाथि, राजाको तिरो तिर्नका निम्ति ऋणलिनु परेकोछ। अनि अहिले जस्तो हाम्रो देशका मानिसहरूमा रगत मासु छ। हाम्रो पनि त्यस्तै हो। हाम्रा छोराहरू तिनीहरूका जस्तै छन् अनि हेर हामी हाम्रा छोरा-छोरीहरूलाई कमारा-कमारी दिन वाध्य भएका छौं अनि हाम्रा छोरीहरूलाई कमारी बनाई सकिएको छ। हामी तिनीहरूको मुक्तिको लागि केही गर्न सक्तैनौ कारण हाम्रो खेती र अङ्गुर बगान अहिले अर्काको भएकोछ।”

जब मैले तिनीहरूको उजूर अनि यी वचनहरू सुनें म अत्यन्त क्रोधित भएँ मैले त्यस विषयमा सोचें मैले मुख्य मानिसहरू अनि अधिकारीहरूलाई दोष दिएँ र तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका आफ्नै मानिसहरूबाट ब्याज एकत्रित गरिरहेका छौ।” तब मैले तिनीहरूसित एउटा ठूलो जमघट परिमाण गर्न बोलाए। मैले तिनीहरूलाई भनें, “हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ।”

तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्। तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ। 10 म मेरो दाज्यू-भाइहरू अनि मेरो सेवकहरूले तिनीहरूलाई पैसा बाँकी दियौं। हामीले ऋणको ब्याज लिन छाड्यौं। 11 तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”

12 तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।”

यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ। 13 मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।”

त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।

1 कोरिन्थी 7:25-40

विवाह बारेको प्रश्नहरू

25 अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन, तथापि म आफ्नो विचार पोख्छु। मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ। 26 त्यो दुःखको घडी हो। यसैले म सोच्छु तिमीहरू जुन अवस्थामा छौ त्यही अवस्थामा बस्नु राम्रो हो। 27 तिमीहरूको पत्नी छ भने उबाट अलग हुने चेष्टा नगर। यदि तिम्रो विवाह विच्छेद भएको भए, पुर्नविवाह पट्टि नलाग। तिमीहरू अविवाहित भए पत्नी खोज्ने चेष्टा तर्फ नलाग 28 तर तिमीले विवाह गरे त्यो कुनै पाप होइन। अनि कन्या केटीले विवाह गर्छ भने त्यो पाप होइन। तर विवाह गर्नेहरूले जीवनमा दुःखै पाउँछन् अनि म चाहन्छु कि तिमीहरू त्यस्तो कठिनाईहरूबाट मुक्त रहो।

29 दाज्यू-भाइ, दिदी-बहिनीहरू हो! मेरो भन्नुको तात्पर्यः हाम्रो लागि समय छोटो छ। जस-जसको पत्नीहरू छन्, पत्नी नहुनेहरू झैं बस। 30 जो दुःखीत छन् तिनीहरू दुःख नपाएको जस्तै बसुन्। जो हर्षित छन् तिनीहरू हर्ष नभएको जस्तै बसुन् किनमेल गर्नेहरू तिनीहरू केही नभएको जस्तै बसुन्। 31 जो संसारिक वस्तु व्यवहार गर्छन्, तिनीहरू ती वस्तुहरूमा चासो नभए झैं गरी बसुन्। तिमीहरू यसरी नै बस्नु पर्छ किन कि यो संसार, जुन अवस्थामा अहिले छ, चाँडै बितेर जाने छ।

32 तिमीहरू चिन्ताबाट मुक्त होऊ भन्ने म चाहन्छु। एक अविवाहित मानिस प्रभुको काममा पूर्णरूपले मग्न रहन्छ। उसको उदेश्य नै प्रभुलाई खुशी तुल्याउनु हो। 33 तर विवाहित मानिस सांसारिक वस्तुसँग सम्बन्धित हुन्छ। उसको लक्ष्य आफ्नी पत्नीलाई खुशी पार्नु हुन्छ। 34 उसको ध्यान दुइवटा लक्ष्य तिर छुटिन्छ। एउटी अविवाहित स्त्री अथवा एउटी कन्या प्रभुको सम्बन्धमा व्यस्त रहन्छे। ऊ आफ्नो सम्पूर्ण शरीर र आत्मा प्रभुलाई अर्पण गर्न चाहन्छे। तर विवाहित स्त्री सांसारिक कुराहरूमै सम्बन्धित रहन्छे। उसको प्राथमिक कर्त्तव्य आफ्नो पतिलाई खुशी पार्नु रहन्छ। 35 तिमीहरूकै भलाईको निम्ति म यी कुराहरू गर्दैछु। मैले तिमीहरूलाई नियन्त्रण गर्न खोजेको होइन। तर तिमीहरू ठीक ढङ्गले बाँच्न सक भन्ने म चाहन्छु। अनि आफ्नो समय अरू कुराहरूतिरबाट मुक्त गराई पूर्णतया प्रभुमा लगाएको मन पराँउछु।

36 विवाहको उमेर ढल्किन लागेकी आफ्नी कन्या प्रति मैले ठीक गरेको छैनँ भनी कसैले सोंच्न सक्ला र विवाह गरिदिनै पर्छ भन्ने सम्झानु सक्ला। त्यस अवस्थामा उसले जे चाहन्छ गरोस्। तिनीहरूलाई विवाह गर्न दिइयोस्। त्यो पाप होइन। 37 तर कोही यस्तो बलियो मनको पनि हुन सक्ला र सोच्ला विवाहको कुनै आवश्यकता छैन, ऊ पनि आफ्नो इच्छामा स्वतन्त्रै छ। यदि त्यस मानिसले आफ्नी कन्यालाई अविवाहित राख्ने निश्चय गरेको छ भने उसले ठीक गर्दैछ। 38 अर्थात् जसले आफ्नो कन्याको विवाह गर्छ उसले राम्रो गर्छ। र जसले आफ्नो कन्याको विवाह गरिदिंदैन उसले अझै राम्रो गर्छ।

39 जब सम्म पति जीवित रहन्छ उसकी स्त्री बन्धनमा रहन्छे। तर पति मर्यो भने, त्यस स्त्रीले आफूले रूचाएको मानिससित विवाह गर्न सक्छे। तर उसले प्रभुमा विवाह गर्नु पर्छ। 40 यदि ऊ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।

भजनसंग्रह 32

दाऊदको मस्किल भन्ने भजन।

त्यो मानिस खुशी हुन्छ,
    जसका पापहरू क्षमा गरिएका छन्।
    त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
त्यो मानिस खुशी हुन्छ,
    जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ।
    त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
    तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ।
    जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
    म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ।

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
    परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें, मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइनँ।
    अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!
यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
    तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता सङ्कटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।
हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
    तपाईं मलाई सङ्कटहरूबाट रक्षा गर्नुहुन्छ।
तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ।
    यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
    र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु।
    म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ।
    ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
    तर परमेश्वरको स्नेहपूर्ण करूणाले ती मानिसहलाई घेर्ने छ,
    जसले परमप्रभुमाथि भरोसा गर्छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।
हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।

हितोपदेश 21:5-7

लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।

झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।

दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International