The Daily Audio Bible
Today's audio is from the GW. Switch to the GW to read along with the audio.
कोरसले कैदिहरूलाई फर्कनमा मद्दत गरे
1 फारस देशमा कोरेस राजाले साशन गरेको प्रथम बर्षमा[a] अगमवक्ता यर्मियाहद्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
2 “फारसका राजा कोरेस यो भन्नुहुन्छः
परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सम्पूर्ण राज्यहरू मलाई दिनु भएको छ, अनि उहाँले यहूदाका यरूशलेममा उहाँको निम्ति एक मन्दिर निर्माण गर्न मलाई नियुक्त गर्नु भएको छ। 3 उहाँका समस्त मानिसहरू मध्ये को तिमीहरूसित छन? तिनीहरूका परमेश्वर तिनीहरूका साथ रहुन्। अनि परमप्रभु, इस्राएलका परमेश्वर, जो परमेश्वर यरूशलेममा रहनुहुन्छ र उहाँको मन्दिर निर्माण गर्न यहूदाको मानिसहरू यरूशलेममा जान सक्छन्। 4 जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिर निर्माको निम्ति सहायता गरोस्।”
5 तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो। 6 तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-सामान अनि पशु-प्राणिहरूको साथै मूल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे। 7 राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए। 8 फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।
9 यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका 30 वटा बटुकाहरू, चाँदीका 1,000 वटा बटुकाहरू, 29 वटा छुरीहरू, 10 सुनका 30 वटा सानो बटुकाहरू, अन्य स-साना 410 वटा चाँदीका बटुकाहरू, अन्य 1,000 वटा भाँडाहरू।
11 त्यहाँ जम्मा 5,400 सुन अनि चाँदीका वस्तुहरू थिए। शेशबस्सरले यी सबै चीज-बीजहरू बाबेलवाट कैदीहरूलाई यरूशलेममा ल्याउँदा ल्याएका थिए।
फर्कि आएका कैदिहरूको सूची
2 त्यस प्रदेशका यी मानिसहरू कैदबाट फर्केका थिए। जसलाई बाबेलका राजा नबूकदनेस्सरले कैदी बनाएर बाबेलमा लगेका थिए। तिनीहरू प्रत्येक आफ्नै शहर यरूशलेम अनि यहूदामा फर्किए। 2 यी मानिसहरू ती हुन्: यरूबाबेल, येहूअ, नहेम्याह, सरायाह, रेलायाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्बै अनि रहूम अनि बानाह। साथ थिए। इस्राएलीहरू जो एक साथ फर्कि आएका थिए ती पुरूषहरूको नामको सूची यही होः
3 परोशका सन्तानहरू | 2,172 |
4 शपत्याहका सन्तानहरू | 372 |
5 आरहका सन्तानहरू | 775 |
6 पहत-मोआबका सन्तानहरू येशूअ अनि योआब परिवारबाट | 2,812 |
7 एलामका सन्तानहरू | 1,254 |
8 जत्तू का सन्तानहरू | 945 |
9 जक्कैका सन्तानहरू | 760 |
10 बानीका सन्तानहरू | 642 |
11 बेबैका सन्तानहरू | 623 |
12 अज्गादका सन्तानहरू | 1,222 |
13 अदोनीकामका सन्तानहरू | 666 |
14 बिग्गैका सन्तानहरू | 2,056 |
15 आदीनका सन्तानहरू | 454 |
16 आतेरका सन्तानहरू हिजकियाका परिवारबाट | 98 |
17 बेजैका सन्तानहरू | 323 |
18 योराका सन्तानहरू | 112 |
19 हाशूमका सन्तानहरू | 223 |
20 गिब्बारका सन्तानहरू | 95 |
21 बेतलेहेमका सन्तानहरू | 123 |
22 नतोपाहका मानिसहरू | 56 |
23 अनातोतका मानिसहरू | 128 |
24 बेत-अज्माबेतका मानिसहरू | 42 |
25 किर्यात-आरीम, कपीरा अनि बेरोतका मानिसहरू | 743 |
26 रामा अनि गिबा शहरका मानिसहरू | 621 |
27 मिक्मासका मानिसहरू | 122 |
28 बेतेल अनि ऐका मानिसहरू | 223 |
29 नेबोका मानिसहरू | 52 |
30 मग्बीशका मानिसहरू | 156 |
31 अर्कोशहर एलाम का मानिसहरू | 1,254 |
32 हारीम शहरका मानिसहरू | 320 |
33 लोब, हादीद अनि ओनो का मानिसहरू | 725 |
34 यरीहो का मानिसहरू | 345 |
35 सेनाह शहरका मानिसहरू | 3,630 |
36 यी पूजाहारीहरूः
यदायाहका सन्तानहरू योशूअका घरबाट | 973 |
37 इम्मेरका सन्तानहरू | 1,052 |
38 पहशूरका सन्तानहरू | 1,247 |
39 हारीमका सन्तानहरू | 1,017 |
40 लेवीहरूः
येशूअ अनि कदमीएलका होदबियाहका सन्तानहरू | 74 |
41 गायकहरूः
आसापका सन्तानहरू | 128 |
42 मन्दिरका द्वारपालहरूका सन्तानः
शल्लूम, आतेर, तल्मोन, अक्कूब, हतीता, अनि शोबैका सन्तानहरू। | 139 |
43 यिनीहरू मन्दिरका सेवकहरूः
सीहाका सन्तान, हसूपका सन्तान र तब्बाओतका सन्तानहरू।
44 केरोसका सन्तान, सीआका सन्तान र पादोनका सन्तानहरू।
45 लबानका सन्तान, हगाबाका सन्तान र अक्कूबका सन्तानहरू।
46 हागाबका सन्तान, शल्मैका सन्तान र हानानका सन्तानहरू।
47 गिदूदेलका सन्तान, गहरका सन्तान र रायाका सन्तानहरू।
48 रसीनका सन्तान, नकोदका सन्तान र गज्जामका सन्तानहरू।
49 उज्जाका सन्तान, पासेदका सन्तान र बेसैका सन्तानहरू।
50 अस्नाका सन्तान, मेनिमका सन्तान र नोपिसीमका सन्तानहरू।
51 बक्बूकका सन्तान, हकूपाका सन्तान र हर्हुरका सन्तानहरू।
52 बस्लूतका सन्तान, महीदका सन्तान र हर्शाका सन्तानहरू।
53 बर्कोसका सन्तान, सीसराका सन्तान र तेमहका सन्तानहरू।
54 नसीहका सन्तान अनि हतीपाका सन्तानहरू।
55 सुलेमानका सेवकहरूका सन्तानहरूः
सोतैका सन्तान र हस्सोपेरेतका सन्तान अनि परूदाका सन्तानहरू।
56 यालाका सन्तान, दर्कोनका सन्तान र गिददेलाका सन्तानहरू।
57 शपत्याहका सन्तान, हत्तीलका सन्तान र पोकरेत हसबायीमका सन्तान अनि आमीका सन्तानहरू
58 समस्त मन्दिरका सेवकहरू अनि सुलेमानका सेवकहरूको संख्या 392 थियो।
59 निम्न लिखित मानिसहरू तेल-मेलह, तेल-हर्शा, करूब, आदान अनि एम्मेर शहरहरूबाट यरूशलेममा आएका हुन्, तर तिनीहरूका आफ्ना परिवार अनि छोरा-छोरीहरू इस्राएलका थिए भनी प्रमाण दिन सकेनन्।
60 दलायाहका सन्तान, तोबियाहका सन्तान, अनि नकोदका सन्तानहरू | 652 |
61 अनि पूजाहारीहरूका परिवारः
हबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि बर्जिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी बर्जिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँद्वारा सम्बोधन गरिथ्यो।)
62 यी मानिसहरूले तिनीहरूको परिवारिक इतिहास खोजे तर तिनीहरूले पाउन सकेनन्। यसैकारणले तिनीहरूले पूजाहरीगिरी हुनबाट अशुद्ध झैं निकालिदिए। 63 राज्यपालले तिनीहरूलाई भने कि जब सम्म ऊरीम अनि तुम्मिम उपयोग गर्न सक्ने पूजाहारी त्यहाँ हुँदैन। कुनै पनि महा-पवित्र चीज तिनीहरूले खान सक्ने छैनन्।
64-65 जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए। अनि तिनीहरू सित 200 पुरूष र स्त्री गायक-गायिकाहरू पनि थिए। 66-67 तिनीहरूका। 736 घोडाहरू, 245 खच्चरहरू, 435 ऊँटहरू अनि 6,720 गधाहरू थिए।
68 सन्तानका केहि अगुवाहरू, जब यरूशलेम मा परमप्रभुको मन्दिरमा आइपुगे। त्यो स्थानमा परमेश्वर को मन्दिरलाई पुनःर्निर्माण गर्न स्वेच्छाले भेटीहरू प्रदान गरे। 69 तिनीहरूको योग्यतानुसार तिनीहरूले, यस कार्यका निम्ति कोष-भण्डारलाई 500 किलो ग्राम सुन, 3,000 किलो ग्राम चाँदी, अनि पूजाहारीको निम्ती 100 अङ्ग वस्त्रहरू दिए।
70 पूजाहारीहरू, लेवीहरू, केहि अन्य मानिसहरू, गवैयाहरू, द्वारपालहरू अनि मन्दिरका सेवकहरू आफ्ना शहरहरूमा बस्थे अनि सबै इस्राएलीहरू आफ्ना शहरहरूमा बस्थे।
परमेश्वरको शक्ति र ख्रीष्टमा ज्ञान
18 नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो। 19 शास्त्रमा लेखिएको छः
“म ज्ञानीहरूको ज्ञानलाई नष्ट गर्नेछु,
बुद्धिमानीहरूको बुद्धिलाई शून्य पार्नेछु।”(A)
20 ज्ञानी कहाँ छ? शिक्षित कहाँ छ? यस युगको दार्शनिक कहाँ छन्? परमेश्वरले यस संसारको ज्ञानलाई मूर्ख तुल्याउनु भएको छन्। 21 परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
22 यहूदीहरू प्रमाणका निम्ति चमत्कारहरू माग्छन्। ग्रीकहरू ज्ञान चाहन्छन्। 23 तर हामी यही प्रचार गर्छौं ख्रीष्ट क्रूसमा मारिनुभयो। तर यहूदीहरूको निम्ति यो एउटा ठूलो समस्या बन्छ। गैर-यहूदीहरूको लागि यो एउटा मूर्खता हो। 24 तर जो परमेश्वरले छानेका यहूदी र गैर-यहूदीहरूका निम्ति ख्रीष्ट उनै परमेश्वरको शक्ति र ज्ञान हुनुहुन्छ। 25 किनकि परमेश्वरको मूर्खता मानिसहरूको ज्ञान भन्दा ज्ञानी हुन्छ। परमेश्वरको दुर्बलता मानव शक्ति भन्दा बलवान् हुन्छ।
26 भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। 27 तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ। 28 अनि परमेश्वरले संसारका ती तुच्छ मानिहरूलाई छान्नु भयो जो संसारले अवहेलना गर्यो अनि केही जस्तो मानेन। संसारले जुन कुरालाई महत्वपूर्ण ठान्छ तिनीहरूलाई नष्ट पार्न परमेश्वरले तिनीहरूलाई छान्नु भयो। 29 उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो। 30 परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको एक अंश बनाउनु भएको छ। परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं। 31 जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”(B)
ख्रीष्ट सम्बन्धी क्रूसका सुसमाचार
2 प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ। 2 जतिन्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए। 3 जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ। 4 मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिएनन्, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ। 5 तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्।
मलाई जवाफ दिनुहोस्।
मलाई कृपादान गर्नुहोस्।
8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु।
म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु।
म तपाईं समक्ष बोल्न आएँ।
9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्,
मलाई साथ दिनुहोस्।
मलाई टाढा नधकेल्नुहोस्,
मलाई नत्याग्नु होस्,
मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।
10 मेरो माता-पिताले मलाई छोडी गए।
तर परमप्रभुले मलाई लानु भयो र बनाउनु भयो।
11 हे परमप्रभु, मेरा शत्रुहरू छन्।
यसैले मलाई पथ प्रदर्शन गर्नुहोस् र तपाईंको उपायहरू बताउनु होस्।
मलाई ठीक कुराहरू मात्र गर्न सिकाउनु होस्।
12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे।
मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्।
परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्।
13 मलाई पूरा विश्वास छ म मर्नु भन्दाअघि परमप्रभुको सतगुण हेर्न पाउनेछु।
14 परमप्रभुको सहयोगलाई पर्ख,
बलियो र साहसी होऊ,
अनि परमप्रभुको सहयोग पर्ख।
22 यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।
23 परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।
© 2004, 2010 Bible League International