Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 9-10

इस्राएलका सबै मानिसहरूको नाउँ तिनीहरूका वंशावलीको सूचीमा लेखिएको छ। त्यो वंशावलीको सूची इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

यरूशलेमका मानिसहरू

यहूदाका मानिसहरूलाई कैदी बनाईयो र बाबेलमा जान बाध्य तुल्याइयो। तिनीहरूलाई त्यस स्थानमा लगियो किनभने तिनीहरू परमेश्वर प्रति विश्वासनीय थिएनन्। सबै भन्दा पहिला फर्केर आउने अनि आफ्नै भूमि र शहरहरूमा बस्ने मानिसहरू केही इस्राएलीहरू, पूजाहारी, लेवीहरू अनि सेवकहरू जो मन्दिरमा काम गर्छन् तिनीहरू थिए।

यी मानिसहरू यहूदा, बिन्यामीन, एप्रैम अनि मनश्शे कुल समूहहरूका थिए अनि तिनीहरू यरूशलेममा बस्थे।

ऊत्तै अम्मीहूदका छोरा थिए। अम्मीहूद, ओम्रीका छोरा थिए। ओम्री इम्रीका छोरा थिए। इम्री बानीका छोरा थिए। बानी पेरेसका सन्तान थिए। पेरेस यहूदाका छोरा थिए।

शीलोनी मानिसहरू जो यरूशलेममा बस्थे तिनीहरू यी थिएः असायाह सबै भन्दा जेठा छोरा थिए अनि असायाहका छोराहरू। जेरहाका मानिसहरू यी थिए जो यरूशलेममा बस्थे।

यूएल र तिनीहरूका आफन्तहरू। जम्मा 690 थिए।

यी मानिसहरू बिन्यामीन कुल समूहका हुन जो यरूशलेममा बस्थे सल्लू मशुल्लामका छोरा थिए। मशुल्लाम होदबियाहका छोरा थिए। होदबियाह हस्सनूआका छोरा थिए। यिब्नियाह यरोहामका छोरा थिए। एला उज्जीका छोरा थिए। उज्जी मिक्रीका छोरा थिए अनि मशुल्लाम शपत्याहका छोरा थिए। शपत्याह रूएलका छोरा थिए। रूएल यिबनियाका छोरा थिए। बिन्यामीनको वंशावली इतिहासले देखाउँछ कि तिनीहरू 956 संख्यामा थिए अनि यरूशलेममा बस्थे। तिनीहरू सबै आफ्ना परिवारहरूका अगुवाहरू थिए।

10 यी ती पूजाहारीहरू हुन् जो यरूशलेममा बस्थे। यदायाह, यहोयारीब, याकीन अनि अजर्याह। 11 अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए। 12 त्यहाँ यरोहामका छोरा अदायाह पनि थिए। यरोहाम पशहूरका छोरा थिए। पशहूर मल्कियाहका छोरा थिए अनि त्यहाँ अदीएलका छोरा मसै पनि थिए। अदीएल यहजेराका छोरा थिए। यहजेरा मशुल्लामका छोरा थिए। मशुल्लाम मशिलेमीतका छोरा थिए। मशिलेमीत इम्मेरका छोरा थिए।

13 त्यहाँ 1,760 जना पूजाहारीहरू थिए। तिनीहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरू परमेश्वरको मन्दिरमा सेवाको निम्ति जिम्मावार योग्य मानिसहरू थिए।

14 यी लेवी कुल समूहका मानिसहरू हुन् जो यरूशलेममा बस्थे यश्शूबका छोरा, शमायाह। यश्शूब अज्रीकामका छोरा थिए। अज्रीकाम हशब्याहका छोरा थिए। हशब्याह मररीका सन्तान थिए। 15 यरूशलेममा बस्ने बक्‌बक्कर, हेरेश, गालाल अनि मतन्याह पनि थिए। मतन्याह मीकाका छोरा थिए। मिका जिक्रीका छोरा थिए। जिक्री आसापका छोरा थिए। 16 ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।

17 यी द्वारपालहरू हुन जो यरूशलेममा बस्थे। शल्लूम, अक्कूब तल्मोन, अहीमान अनि तिनीहरूका आफन्तहरू। शल्लुम तिनीहरूका प्रधान थिए। 18 तिनीहरूले यी दिनहरूमा राजाको द्वारको पूर्वतिर सेवा गर्ने। तिनीहरू लेवी परिवार समूहबाटका द्वारपालहरू थिए। 19 शल्लूम कोरेका छोरा थिए। कोरे एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए। शल्लूम अनि उसका भाइहरू द्वारपाल थिए। तिनीहरू कोरहका परिवारका थिए। अनि तिनीहरूको काम पवित्र पालका प्रवेश द्वारहरूको रक्षा गर्नु थियो। तिनीहरूले यो काम गरे जसरी तिनीहरूका पिता-पुर्खाहरूले तिनीहरूले भन्दा अघि गर्थे। तिनीहरूका पिता-पुर्खाहरूका काम पवित्र पालको प्रवेशद्वार रक्षा गर्नु थियो। 20 अतीतमा पीनहास द्वारपालहरूका निरीक्षक थिए। पीनहास एलाजारको छोरा थिए। परमप्रभु पीनहासको साथमा हुनुहन्थ्यो। 21 जकर्याह जो मेशेलेम्याहका छोरा थिए भेट हुने पालको प्रवेशद्वारका द्वारपाल थिए।

22 जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए। 23 द्वारपालहरू र तिनीहरूका सन्तानहरू परमप्रभुको घर-द्वारहरूको रक्षा गर्ने जिम्मा थिए त्यो पवित्र पालका हो। 24 त्यहाँ चारतिर द्वारहरू थिए। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण। 25 द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।

26 चारजना द्वारपालेहरू थिए जो सबै द्वारपालेहरूका प्रधान थिए। तिनीहरू लेवी समूदायका मानिसहरू थिए। तिनीहरूको काम परमेश्वरको मन्दिरका कोठाहरू अनि कोषहरूको हेरचाह गर्नु थियो। 27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे।

28 केही द्वारपालहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे। 29 केही द्वारपालहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे। 30 पूजाहारीहरूलाई मात्र मसला मिसाउने काम दिएको थियो।

31 मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए। 32 केही द्वारपालेहरू जो कोरहका परिवारमा थिए तिनीहरूको काम हरेक विश्राम दिनमा मेचमा राखिने रोटी तयार पार्नु थियो।

33 लेवीहरू जो सङ्गीतकारहरू अनि आफ्ना परिवारहरूका अगुवाहरू थिए मन्दिरका कोठहरूमा बस्थे। तिनीहरूका अरू काम केहि थिएन किनभने तिनीहरू दिन रात मन्दिरको कामको निम्ति ब्यस्त थिए।

34 यी सबै लेवीहरूका आफ्ना अगुवाहरू थिए। प्रधानहरूको रूपमा तिनीहरूको वंशावलीको सूचीमा नाउँ लेखिएका थियो। तिनीहरू यरूशलेममा बस्थे।

राजा शाऊलको पारिवारिक इतिहास

35 यीएल गिबोनका पिता थिए। यीएल गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। 36 यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अरू छोराहरू सूर, कीश, बाल, नेर, नादाब, 37 गदोर, अहियो, जकर्याह, अनि मिक्लोत थियो। 38 मिक्लोत शिमामका पिता थिए। यीएलका परिवार यरूशलेममा तिनीहरूका आफन्तहरूका नजिक बस्थे।

39 नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए।

40 जोनाथनका छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए।

41 मीकाका छोराहरू पीतोन, मेलेक, तहरै अनि आहाज थिए। 42 आहाज यादाहका पिता थिए। याराह आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। 43 मोसा बिनाका पिता थिए। रपायाह बीनाका छोरा थिए। एलासा रपायाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए।

44 आसेलका छ जना छोराहरू थिए। तिनीहरूका नाउँ थिएः अज्रीकाम, बोकारू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान हो। ती आसेलका छोरा छोरीहरू थिए।

राजा शाऊलको मृत्यु

10 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए। पलिश्तीहरूले शाऊल अनि उनका छोरालाई खेद्दै गए। तिनीहरूले उनीहरूलाई भेट्टाए अनि मारिदिए। पलिश्तीहरूले शाऊलका छोराहरू जोनाथन, अबीनादाब अनि मल्कीशूअलाई मारिदिए। शाऊलको चारैतिर घमासान युद्ध भयो। धनुधारीहरूले आफ्ना काँडले शाऊललाई हाने अनि उनलाई घाइतेतुल्याए।

तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्। अनि तिनीहरू आउँदा मलाई लज्जित बनाउने छैनन्।”

शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैंलाई मार्न आफ्नै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे। हतियार बोक्नेले शाऊलको मृत्यु भएको देखे। तब उसले पनि ऊ तरवारको चुच्चोमा लडे र आत्माहत्या गरे। यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो।

बेंसीमा बस्ने सबै इस्राएलका मानिसहरूले देखे कि तिनीहरूका आफ्नै सेना भागे। तिनीहरूले देखे कि शाऊल अनि तिनका छोराहरू मरे। यसर्थ तिनीहरूले आफ्ना शहरहरू छोडे र भागे। तब पलिश्ती मानिसहरू इस्राएलका मानिसहरूले छाडेका शहरहरूमा आए अनि पलिश्ती मानिसहरू ती शहर कब्जागरि बसे।

भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए। पलिश्तीहरूले शाऊलको शरीरबाट मूल्यवान चीजहरू निकाली लगे। तिनीहरूले शाऊलको शिर अनि हतियारहरू पनी लगे। तिनीहरूले उनीहरूका देशभरि उनीहरूका असत्य देवताहरू अनि उनीहरूका मानिसहरूलाई खबर सुनाउनका निम्ति दूतहरू पठाए। 10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए।

11 याबेश गिलाद शहरमा बस्ने सबै मानिसहरूले पलिश्ती मानिसहरूले शाऊल प्रति गरेका सबै कुराहरू सुने। 12 याबेश गिलादको सबै साहसी मानिसहरू लिएर शाऊल अनि उसका छोराहरूका मृतदेहहरू लिन गए। तिनीहरूले ती मृतदेहहरू याबेश गिलादमा ल्याए। तिनीहरूले शाऊल अनि तिनका छोराहरूको हड्डीहरू याबेशमा एक विशाल रूखमुनि गाडे। त्यस पछि तिनीहरू सात दिनसम्म उपवास बसे।

13 शाऊलको मृत्यु भयो किनभने तिनी परमप्रभु प्रति विश्वासनीय भएनन्। शाऊलले परमप्रभुका वचन पालन गरेनन्। शाऊलले परमप्रभुलाई सोध्नुको सट्टा एउटा तन्त्र-मन्त्र गर्नेकहाँ गए अनि तिनको सल्लाह मागे। 14 तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।

प्रेरित 27:21-44

21 धेरैदिन सम्म मानिसहरूले केही खाएनन्। तब एकदिन पावल तिनीहरू समक्ष उभिए अनि भने, “मानिसहरू हो, तिमीहरूलाई मैले क्रेट छोड्नु हुँदैन भनेको थिएँ। तिमीहरूले मेरो कुरा सुन्नु पर्थ्यो। तब तिमीहरूले यस्तो प्रकारको दुःख र नोक्सान खप्नु पर्ने थिएन। 22 तर अब म भनिरहेछु साहसी हौ। तिमीहरू कोही पनि मर्ने छैनौ! तर जहाज हराउने छ। 23 हिजो राति परमेश्वरबाट स्वर्गदूत मकहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ, जसको म हुँ र जसलाई म सेवा गर्छु। 24 उहाँले भन्नुभयो, ‘पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसँग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’ 25 मानिसहरू हो, सहास नगुमाऊ! म परमेश्वरमा विश्वास गर्छु। उहाँको दूतले मलाई भने जस्तै सबै हुनेछ। 26 तर पनि हामी कुनै एक टापूमा धक्का खानै पर्छ।”

27 चौधौ रात सम्ममा पनि हामी एड्रिया समुद्र वरिपरि बहिरहेथ्यौ। जहाज चालकहरूले कुनै जमीनको छेउतिर पुगेको विचार गरे। 28 तिनीहरूले डोरीको टुप्पामा एक गह्रुँ चीज बाँधेर समुद्रमा फालिदिए। त्यसो गर्दा तिनीहरूले पानीको गहिर्याई 120 फीट पता लगाए। तिनीहरू अझ केही पर सम्म गएर फेरि डोरी समुद्रमा फाले। यस पल्ट 90 फीट गहिरो पाए। 29 तिनीहरू जाहज चट्टानसँग ठोकिन पुग्ला भनेर डराइरहेका थिए। यसकारण तिनीहरूले लङ्गार फयाँके अनि तब तिनीहरूले दिनको उज्यालो आओस् भनी प्रार्थना गरे। 30 कतिपय चालकहरू जहाज छोडेर भाग्न चाहन्थे। तिनीहरूले जीवन रक्षक डुंङ्गाहरू पानीमा ओह्राले। तिनीहरूले यस्तो भान पारे कि तिनीहरू जहाजको अधिल्तिरबाट अझै लङ्गारहरू झार्दैंछन्। 31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!” 32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए।

33 प्रातःकाल हुन भन्दा पहिले पावलले मानिसहरूले केही खाउन् भनी मनाउन थाले। उनले भने, “बितेका चौध दिनदेखि तिमीहरू पर्खिरहेछौ अनि हेरिरहेछौ। तिमीहरू चौध दिनदेखि भोकै छौ। तिमीहरूले केही खाएका छैनौ। 34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।” 35 पावलले यसो भनिसके पछि, उसले केही रोटी लिए र पमेश्वरलाई प्रत्येकको अघाडि धन्यवाद चढाए। उनले रोटी डुक्राहरू पार्दै खान थाले। 36 तिनीहरू सबैले सहास बटुले अनि खान थाले। 37 हामी जम्मा दुइ सय छ्यात्तर मानिसहरू जहाजमा थियौं। 38 जति हामीले चाह्यौं त्यति नै खायौं। तब तिनीहरूले जहाजबाट गह्रुँ सामानहरू समुद्रमा जहाजलाई हलुङ्गो पार्नलाई फ्याँके।

जहाज नष्ट भयो

39 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे। 40 यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो। 41 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो।

42 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्। 43 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए। 44 अन्य मानिसहरूले तख्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।

भजनसंग्रह 8

प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन।

हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ।
    तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।
साना केटा-केटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ।
    तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ,
    जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।

हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु।
    अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु,
र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्?
    किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?
किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ?
    किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ?

तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्!
किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो,
    अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।
तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो।
    तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि अधिकार गर्छन।
तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावर
    र माछाहरूमाथि पनि अधिकार गर्छन्।
हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त महान छ।

हितोपदेश 18:23-24

23 गरीब मानिसहरूलाई दयाको भिक्षा चाहिन्छ तर धनी मानिसहरूले खस्रो जवाफ दिन्छन्।

24 धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै मित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्यू-भाइ भन्दा पनि विश्वासी हुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International