Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
1 इतिहास 1:1-2:17

आदमदेखि नूहसम्मको वंशावली

1-3 आदम, सेत, एनोश, केनान, महललेल येरेद, हनोक, मतूशेलह, लेमेक, नूह।

नूहका छोराहरू: शेम, हाम अनि येपेत थिए।

येपेतका सन्तानहरू

येपेतका छोराहरू: गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक अनि तीरास थिए।

गोमेरका छोराहरू: अश्कनज, दीपत अनि तोगर्मा थिए।

यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए।

हामका सन्तानहरू

हामका छोराहरू: कूश, मिश्रेम, पूत र कनान थिए।

कूशका छोराहरू: सबा, हवीला, सबता, रामा

अनि सबत्‌का थिए। रामाको छोराहरू शबा अनि ददान थिए।

10 कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए।

11 मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू, 12 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) अनि कप्तोरीहरू थिए।

13 कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत, 14 यबूसी, एमोरी, गिर्गाशी, 15 हिव्वी अरकी, सीनी, 16 अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए।

शेमका सन्तानहरू

17 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू: ऊज, हूल, गेतेर मेशेक थिए।

18 अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।

19 एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो। 20 (योक्तान, अल्मोदाद, शेलेप, हसर्मावेत, येरह, 21 हदोराम, ऊजाल, दिकला, 22 एबाल, अबीमाएल, शबा, 23 ओपीर, हवीला र योबाबका यी सबै योक्तानका छोराहरू थिए।)

24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह 27 अनि अब्राम (अब्रामलाई अब्राहाम पनि भन्दछन्।)

अब्राहामका परिवार

28 अब्राहामका छोराहरू: इसहाक र इश्माएल थिए। 29 यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू: केदार, अदबेल, मिब्साब, 30 मिश्मा, दूमा, मस्सा, हदद, तेमा, 31 यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए।

32 कतूराका छोराहरू: कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन्।

योक्षानका छोराहरू शबा र ददान थिए।

33 मिद्यानका छोराहरू: एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए।

यी सबै कतूराका छोराहरू थिए।

इसहाकका सन्तानहरू

34 अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए।

35 एसावका छोराहरू: एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए।

36 एलीपजका छोराहरू: तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।

37 रूएलका छोराहरू: नहत, जेरह, शम्मा अनि मिज्जा थिए।

सेइरबाट एदोमीहरू

38 सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।

39 लोतानका छोराहरू: होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्।

40 शोबालका छोराहरू: अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए।

सिबोनका छोराहरू: अयीया अनि अना थिए।

41 अनाको छोरा दीशोन थिए।

दीशोनका छोराहरू: हम्रान, एश्बान, यित्रान, अनि करान थिए।

42 एसेरका छोराहरू: बिल्हान, जावान अनि याकान थिए।

दीशानका छोराहरू ऊज अनि अरान थिए।

एदोमका राजाहरू

43 इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः

पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।

44 जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए।

45 जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए।

46 जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।

47 हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए।

48 सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए।

49 जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए।

50 जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्। 51 तब हददको मृत्यु भयो।

एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत, 52 ओहोलीबामा, एला, पीनोन, 53 कनज, तेमान, मिबसार, 54 मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।

इस्राएलका छोराहरू

इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।

यहूदाका छोराहरू

यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो। यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।

पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।

जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।

जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकान[a] थिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।

एतानका छोरा अजर्याह थिए।

हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।

रामका सन्तानहरू

10 राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए। 11 नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए। 12 बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए। 13 यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए। 14 नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए। 15 ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए। 16 तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए। 17 अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।

प्रेरित 23:11-35

11 अर्को रात, प्रभु येशू आउनु भयो अनि पावलको छेउमा उभिनु भयो अनि भन्नुभयो, “साहसी बन! जसरी तिमीले यरूशलेममा मेरो विषयमा भन्यौ, रोममा पनि गएर मेरो विषयमा बताउनु पर्छ।”

केही यहूदीहरूको पावललाई मार्ने योजना

12 अर्को बिहान कतिपय यहूदीहरूले पावललाई मार्ने योजना बनाए। तिनीहरूले जब सम्म पावललाई मार्दैनौं न खाने नै छौं न पिउने नै छौं भन्ने प्रतिज्ञा गरे। 13 चालीस जना भन्दा धेरै यहूदीहरू त्यस समूहमा थिए जसले यस षड्यन्त्रमा भाग लिए। 14 ती यहूदीहरू मुख्य पूजाहारीहरू र बूढा अगुवा पूजाहारीहरू भएकोमा गए अनि भने, “हामी आफैंले प्रतिज्ञा गरेका छौं कि हामी पावललाई नमारून्जल सम्म न केही पिउँछौं न केही खानेछौं। 15 यसकारण यसैले हामी तपाईंहरूलाई यस्तो गराउन चाहन्छौं तपाईहरूकहाँ ल्याउनु भनी खबर पठाउनु होस्। तिनलाई भन्नुहोस् कि पावलसँग तपाईंले धेरै प्रश्नहरू गर्नु छ। पावल यहाँ आई पुग्न अघि नै हामी उसलाई मार्न त्यारी भई बाटोमा बस्नेछौं।”

16 तर पावलको भानिजले यो षड़यन्त्र थाहा पाए। उनी सैन्य भवनमा गए र पावललाई सुनाईदिए। 17 तब पावलले एकजना सेना अधिकारीलाई बोलाए अनि भने, “यस जवानलाई सेनापतिकहाँ लिएर जाऊ। उसकोमा उनको निम्ति खवर छ।” 18 यसकारण सेना अधिकारीले त्यस जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकारीले भन्यो, “कैदी पावलले भन्यो कि यस जवान मानिसलाई तपाईं कहाँ लैजाउनु, किनभने उसले तपाईंलाई केही खबर दिन चाहन्छ।”

19 सेनापतिले त्यस जवन मानिसलाई एकांत ठाउँमा लगे, जहाँ उनीहरू खुलासँग बात मार्न सक्थे। सेनापतिले भने, “तिमीले मलाई केही भन्न चाहन्छौ?”

20 त्यस जवान मानिसले भन्यो, “यहूदीहरूले पावललाई अझ धेरै प्रश्न गर्ने निहूँमा तपाईंलाई भोलि महासभामा पावललाई ल्याई माग्ने निर्णय गरेका छन्। 21 तर तिनीहरूलाई विश्वास नगर्नुहोस्। त्यहाँ चालीस जना भन्दा धेरै मानिसहरू लुकेर पावललाई मार्न बसेकाछन्। तिनीहरूले उनलाई नमारे सम्म न पिउने, न खाने कसम खाएका छन्! अहिले तिनीहरू तपाईंको सहमतिको निम्ति पर्खिरहेका छन्।”

22 सेनापतिले त्यस जवान मानिसलाई यसो भनेर पठाईदिए। “कसैलाई पनि तिमीले यसो भने, भनेर नभन्नु।”

पावललाई सिजरिया पठाईयो

23 त्यसपछि सेनापलिले दुइ सैन्य अधिकारीहरूलाई डाके। अनि भने, “सिजरिया जानको निम्ति 200 सिपाहीहरू 70 घोड सवार र 200 भालाधारी सिपाहीहरू तयार पार। तिनीहरू राती 9 बजे हिडन तयार हुनु पर्छ। 24 केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।” 25 सेनापतिले यस्तो एउटा चिट्ठी पनि उनलाई लेखे:

26 क्लौडियस लायसिअसबाट,

महामहिम राज्यपाल फेलिक्सलाई,

नमस्कार:

27 यहूदीहरूले यो मानिसलाई पक्रेका थिए अनि मार्ने योजना गरिरहेका थिए। मैले चाल पाँए कि उनी एक रोमी नागरिक रहेछन्। यसकारण म मेरा सिपाहीहरूसँग गएँ अनि उनलाई बचाएँ। 28 म जान्न चाहन्थें कि तिनीहरूले उनलाई किन दोष लगाइरहेका छन्। यसैले मैले तिनीहरूका महासभामा उनलाई पुर्याएँ। 29 मैले थाहा पाएँ कि तिनीहरूकै व्यवस्थाको प्रश्नहरूको सम्बन्धमा तिनलाई दोषी ठह्राइएको रहेछ। तर ती विषयहरूमा तिनलाई जेल पठाउनु तथा मृत्यु दण्ड दिनु कुनै पनि योग्य ठहरिंदैन। 30 मलाई सुनाईयो कि कतिपय यहूदीहरूले उनलाई मार्ने षडयन्त्र गरिरहेका थिए। यसैले मैले उनलाई तपाईंकहाँ तुरन्तै पठाएँ। यहूदीहरू जसले तिनलाई दोष्याउँदैछन् तपाईं अघि उनको विषयमा यहूदीहरूसँग भएको दोष देखाउन पनि लगाएको छु।

31 सिपाहीहरूले तिनीहरूलाई भनेका कुराहरू गरे। सिपाहीहरूले पावललाई लिएर एन्टिप्याट्रिस शहरमा राति नै लगे। 32 अर्को दिन घोडसवार पावलसँग सिजरियागए। तर अन्य सिपाहीहरू र भालाधारीहरू यरूशलेम सैन्य-भवन तिरै फर्केर आए। 33 घोडसवार सिपाहीहरू सिजरियाभित्र पसे अनि राज्यपाललाई चिट्ठी दिए। त्यसपछि उनीकहाँ पावललाई सुम्पे।

34 राज्यपालले चिट्ठी पढे पावललाई सोधे, “तिमी कुन देशका हौं?” राज्यपालले पावल सिलिसियाका हुन भनेर जाने। 35 राज्यपालकले भने, “तिमीलाई दोष्याउनेहरू यहाँ आउँदा म तिम्रो मुद्दा लिनेछु।” अनि त्यसपछि उनले पावललाई हेरोदको राजमहलमा सुरक्षित राख्न आदेश दिए।

भजनसंग्रह 3

यो आफ्ना छोरो अब्शालोम देखि भागेर जाँदा दाऊदको भजन हो।

हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।
    धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्।
धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।”

तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।
    परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ।
    तपाईंले मलाई महान् बनाउनु भयो।

म परमप्रभुलाई प्रार्थना गर्नेछु
    र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ।

म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।
    किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ!
मेरो वरिपरि हजारौं सिपाहीहरू हुन सक्लान्,
    तर म ती शत्रुहरूदेखि डराउने छैन!

हे परमप्रभु, उठ्नु होस्!
    हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने
    तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ।

हे परमप्रभु, विजय तपाईंको हो!
    आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहोस्।

हितोपदेश 18:14-15

14 जब मानिस बिमारी हुन्छ उसको आत्माले उसलाई बीमार सहने शक्ति दिन्छ, तर चोट लगेको आत्मालाई कसले सहन सक्छ?

15 एकजना विवेकशीलले मानिस सधैँ केही चीज सिक्न चाहन्छ। एउटा ज्ञानी मानिसले ज्ञान लिन ध्यान दिएर सुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International