Print Page Options Listen to Reading
Previous Prev Day Next DayNext

The Daily Audio Bible

This reading plan is provided by Brian Hardin from Daily Audio Bible.
Duration: 731 days

Today's audio is from the ESV. Switch to the ESV to read along with the audio.

Nepali Bible: Easy-to-Read Version (ERV-NE)
Version
2 राजा 23:31-25:30

यहोआहाज यहूदाका राजा हुन्छन्

31 यहोआहाज तेईस बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ हमूतल थियो, उनी लिब्नाका यिर्मयाहकी छोरी थिइन्। 32 यहोआहाजले ती कामहरू गरे जसलाई परमप्रभुले गलत भन्नुभएको थियो। यहोआहाजले ती नै कामहरू गरे जो उनका पुर्खाहरूले गरेका थिए।

33 फिरऊन-नेकोले यहोआहाजलाई हमात देशको रिब्लामा बन्दी बनाए। त्यस कारण यहोआहाजले यरूशलेममा शासन गर्न पाएनन्। फिरऊन नेकोले यहूदालाई 100 तोडा चाँदी अनि 10 तोडा सुन दिनु वाध्य गरए।

34 फिरऊन-नेकोले योशियाहाका छोरा एल्याकीमलाई नयाँ राजा बनाए। एल्याकीमले आफ्ना पिता योशियाहको पद ग्रहण गरे। फिरऊन-नेकोले एल्याकीमको नाउँ बद्ली गरेर यहोयाकीम बनाए। अनि फिरऊन-नेकोले यहोआहाजलाई मिश्रबाट टाढा लगे। यहोआहाज मिश्रमा मरे। 35 यहोयाकीमले फिरऊनलाई चाँदी र सुन दिए। तर यहोयाकीमले साधारण मानिसहरूलाई कर तिर्न लगाए अनि त्यो धनको उपयोग फिरऊन-नेकोलाई दिएर गरे। यस कारण प्रत्येक मानिसले आफ्नो भागको चाँदी र सुन तिर्यो। अनि राजा यहोयाकीमले रूपियाँ फिरऊन-नेकोलाई दिए।

36 यहोयाकीम 25 बर्षका थिए जब उनी राजा भए। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ जबीदा थियो, तिनी रूमाका पदायाहकी छोरी थिइन्। 37 यहोयाकिमले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। यहोयाकीमले त्यही काम गरे जो उनका पुर्खाहरूले गरेका थिए।

राजा नबूकदनेसर यहूदा आऊँछन्

24 यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन बर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए। परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।

परमप्रभुले ती कुराहरू यहूदामा हुनु पर्छ भनी आदेश दिनुभयो। यस प्रकार उहाँले तिनीहरूलाई उहाँको दृष्टिबाट बाहिर गर्नुहुन्छ। उहाँले यस्तो गर्नुभयो किनभने सबै पाप कामहरू मनश्शेले गरेका थिए। परमप्रभुले यस्तो गर्नुभयो किनभने मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। मनश्शेले यरूशलेमलाई रक्ताम्मे बनाए र परमप्रभु ती पाप कामहरू क्षमा गर्न तयार थिएनन्।

अरू कामहरू जो यहोयाकीमले गरे, यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। यहोयाकीम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। यहोयाकीमका छोरा यहोयाकीन उनीपछि नयाँ राजा भए।

बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।

नबूकदनेस्सर यरूशलेम दखल गर्छन्

यहोयाकीन 18 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा तीन महीना शासन गरे। उनको आमाको नाउँ नहुशाता थियो, उनी यरूशलेमको एल्नातानकी छोरी थिएन्।

यहोयाकीनले त्यही काम गरे जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो। उनले त्यही काम गरे जो उनका पिताले गरेका थिए।

10 त्यस समयमा बाबेलका राजा नबूकदनेसरका अधिकारीहरू यरूशलेम आए अनि उनलाई घेरे। 11 तब नबूकदनेसर, बाबेलका राजाले शहलाई घेरेको बेलामा आए। 12 यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं बर्षमा भयो।

13 नबूकदनेस्सरले राजाका सबै खजाना र परमप्रभुको मन्दिरको सबै खजाना लगे। नबूकदनेस्सरले सबै सुनका भाँडाहरू काटेर टुक्रा-टुक्रा पारे जुन सुलेमान, इस्राएलका राजाले परमप्रभुको मन्दिरमा राखेका थिए। यो परमप्रभुले भन्नुभए जस्तै नै भयो।

14 नबूकदनेसरले यरूशलेमका सबै मानिसहरूलाई पक्रिए। उनले सबै अगुवाहरू तथा अरू पनि मानिसहरूलाई पक्रिए। उनले 10,000 मानिसहरूलाई लगे अनि तिनीहरूलाई बन्दी बनाए। नबूकदनेसरले सबै दक्ष कर्मी अनि कारीगरहरूलाई लगे। साधारण मानिसहरूमा दरिद्र बाहेक अरू कोही रहेनन्। 15 नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे। 16 त्यहाँ 7,000 सैनिकहरू थिए। नबूकदनेसरले सबै सैनिकहरू र 1,000 दक्ष कर्मीहरू लगे। यी सबै मानिसहरू तालिम पाएका र युद्धका लागि तयार थिए। बाबेलका राजाले तिनीहरूलाई बन्दीहरूको रूपमा बाबेल लगे।

राजा सिदकियाह

17 बाबेलका राजाले मतन्याहलाई नयाँ राजा बनाए। मतन्याह यहोयाकीनका काका थिए। उनले तिनको नाउँ बद्ली गरेर सिदकियाह बनाए। 18 सिदकियाह 21 बर्षका थिए जब उनले शासन गर्न थाले। उनले यरूशलेममा 11 बर्ष शासन गरे। उनको आमाको नाउँ हमूतल थियो जो लिब्नाको यिर्मयाहकी छोरी थिइन्। 19 सिदकियाहले ती कामहरू गरे जसलाई परमप्रभुले गलत काम भन्नुभएको थियो। सिदकियाहले त्यही काम गरे जो यहोयाकीनले गरेका थिए। 20 परमप्रभु यरूशलेममा र यहूदा माथि साह्रै रिसाउनुभयो र नै तिनीहरूलाई टाढा पन्छ्याउनुभयो।

नबूकदनेस्सरले सिदकियाहको शासन शेष पार्छन

सिदकियाहले विद्रोह गरे अनि बाबेलका राजाको आज्ञा पालन गर्न अस्वीकार गरे।

25 यसकारण नबूकदनेस्सर बाबेलका राजा र उनका सबै सेनाहरू यरूशलेमको विरूद्धमा युद्ध गर्न आए। यो घटना सिदकियाहको नवौं बर्ष राज्यकालको दशौं महीनाको दशैं दिनमा भयो। नबूकदनेसरका सेनाले शहरको पर्खाल वरिपरि धेरै घेरा मचान खडा गरे। उनले शहरको चारैतिर माटोको भित्ता बनाए। नबूकदनेसरको सेनाहरूले सिदियाह यहूदाका राजाको एघाह्रौं बर्ष नहुन्जेलसम्म यरूशलेमको चारैतिर बसे। शहरमा अनिकाल विकराल हुँदै गयो। चौथो महीनाको नवौं दिन शहरमा साधारण मानिसहरूका लागि अझै खाद्य थिएन।

नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे। बाबेली सेनाहरूले राजा सिदकियाहलाई पछ्याए अनि यरीहो छेऊ उनलाई पक्रिए। सिदकियाहाका सबै सैनिकहरूले उनलाई छोडे अनि भागे।

बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे। तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै सामु मारे। तब तिनीहरूले सिदकियाहका आखाँहरू निकाले तिनीहरूले उनलाई साङ्गलाले बाँधे अनि बाबेल पुर्याए।

यरूशलेमलाई नष्ट पारिन्छ

नबूकदनेस्सर आफू बाबेलको राजा भएको उन्नाइसौं बर्षको पाँचौ महीनाको सातौं दिन यरूशलेम आए। नबूजरदान नबूकदनेस्सरको प्रमुख सैनिकहरूका अधिकारी थिए। नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।

10 तब नबूजरदानसँगै भएको बाबेली सेनाहरूले यरूशलेमको वरिपरिको पर्खाहरू लडाए। 11 नबूजरदानले शहरमा छोडिएका सबै मानिसहरूलाई पक्रे। नबूजरदानले बाबेलको राजा समक्ष आत्म समर्पण गरेका सबै मानिसहरूलाई बन्दीको रूपमा लगे। 12 नबूजरदानले साधारण मानिसहरूमा अत्यन्त दरिद्रलाई मात्र त्यहाँ बस्न दिए। उनले तिनीहरूलाई बस्न दिए जसले गर्दा तिनीहरू दाख र अन्य बालीको हेरचाह गर्न सकून्।

13 बाबेली सैनिकहरूले परमप्रभुको मन्दिरमा भएका सबै काँसाका चीजहरू टुक्रा-टुक्रा पारे। तिनीहरूले काँसाको खाँबो, काँसाको गाडी अनि विशाल काँसाको खँड्कुलो टुक्रायाए। तब तिनीहरूले त्यो सबै काँसा बाबेल लगे। 14 बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीहरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो। 15 नबूजरदानले कराही र थालहरू सबै लगे। उनले सुनले बनिएका सबै चीजहरू सुनका लागि लगे। अनि उनले सबै चाँदीले बनिएका चीजहरू चाँदीका लागि लगे। 16-17 यसकारण नबूजरदानले लगेः 2 वटा काँसाका खाँबाहरू। (प्रत्येक खाँबो 18 हात अग्लो थियो। खाँबोमाथिका गजूरहरू तीन हात फिट अग्लो थिए। तिनीहरू काँसाको बनाइएका थिए अनि जालो र दारिमको आकृति जस्ता थिए। दुवै खाँबाहरू एकै प्रकारको आकृत्तिका थिए।) ठूलो काँसाको खँड्कुलो, गाडीहरू जसलाई परमप्रभुको मन्दिरका लागि सुलेमानले बनाएका थिए। यी चीजहरूको काँसा जोख्दा साह्रै नै गह्रौं थियो।

बन्दी बनाइएका यहूदाका मानिसहरू

18 मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।

19 अनि शहरबाट नबूजरदानले एउटा अधिकारीलाई लगे जो सैनिकहरूको मुखिया थिए। पाँच जना राजाका सल्लाहकार जो अझै शहरमा नै थिए, एकजना अध्यक्ष जसले साधारण मानिसहरूलाई युद्धको निम्ति जम्मा गर्थे अनि 60 जना साधारण मानिसहरू जो अझै शहरमा थिए।

20-21 तब नबूजरदानले यी सबै मानिसहरूलाई हमातको इलाकामा रिब्लामा बाबेलका राजाकहाँ लगे। बाबेलका राजाले तिनीहरूलाई रिब्लामा मारे। यसरी यहूदाका मानिसहरू आफ्नो देशबाट बन्दीको रूपमा लखेटिए।

गदल्याह यहूदाका राज्यपाल

22 नबूकदनेस्सर बाबेलका राजाले यहूदा देशमा केही मानिसहरू छोडेका थिए। एक मानिस थिए जसको नाउँ गदल्याह थियो, शापानका छोरा अहीकामका छोरा थिए। नबूकदनेस्सरले यहूदामा मानिसहरूका राज्यपाल बनाए।

23 सेनाका सेनापतिहरू नतन्याहका छोरा ईश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हमेतका छोरा सरायाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्पा गए। 24 गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”

25 एलीशामाको नाती नतन्याहको छोरा इश्माएल राजपरिवारका थिए। सातौं महिनामा इश्माएल अनि उनका दशजना मानिसहरूले गदल्याहमाथि आक्रमण गरे अनि मिस्पामा गदल्याह सँगै सबै यहूदीहरू तथा बाबेलीहरूलाई मारे। 26 तब सेनाका अधिकारीहरू अनि सबै मानिसहरू मिश्र भागे। कम्ती महत्वपूर्ण देखि बढी महत्वपूर्ण भएका प्रत्येक मानिसहरू भागे किनभने तिनीहरू बाबेलीहरूसित डराएका थिए।

27 पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं बर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको बर्षमा भएको घट्ना हो। 28 एबील-मरोदक यहोयाकीनप्रति दयालु थिए। उनले बाबेलमा उनीसँग बस्ने अरू राजाहरू भन्दा यहोयाकीनलाई धेरै महत्वपूर्ण पद दिए। 29 एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए। 30 यस प्रकार राजा एबील-मरोदकले यहोयाकीनलाई रहल जीवनमा प्रत्येक दिन भोजन प्रदान गरे।

प्रेरित 22:17-23:10

17 “त्यसपछि, म यरूशलेम फर्कें। जब म मन्दिरमा प्रार्थना गरिरहेको थिएँ मैले एक दर्शन पाँए। 18 मैले येशूलाई देखें र उहाँले मलाई भन्नुभयो, ‘झट्टै गर, यरूशलेम छोडीहाल तुरन्तै किनभने मानिसहरूले मेरो विषयमा तिमीले दिएको गवाही स्वीकार्ने छैनन्।’

19 “मैले भने, ‘तर प्रभु, मानिसहरूले जान्दछन् कि म नै एक हुँ जो तपाईंको विश्वासीहरूलाई सभाघरहरूभित्र पक्रन र कुट्न गएँ। 20 मानिसहरूले यो पनि जान्दछ कि तपाईंको गवाही, स्तिफनसको जब रगत बग्यो, म त्यहाँ पनि त्यस काण्डमा सहयोग गर्दै उनलाई मार्नेहरूको लुगाहरू रूँगेर बसेको थिंएँ।’

21 “तर येशूले मलाई भन्नुभयो, ‘गई हाल तुरून्तै तब म तिमीलाई टाढा गैर-यहूदीहरू भएकोमा पठाउने छु।’”

22 पावलले भनेको यो अन्तिम कुराहरूमा मानिसहरूले ध्यान दिएनन्। उनीहरूले उनको कुरा उनले त्यति भनुन्जेल सम्म सुने। तब प्रत्येक मानिस चिच्याए, “उसलाई मार! उसलाई संसारदेखि हटाई देऊ। यो बाँच्न योग्य छैन!” 23 तिनीहरूले कराँउदै उनीहरूका लुगाहरू फ्याँकीदिए। तिनीहरूले धूलोहरू हावामा उडाए। 24 तब सेनापतिले सिपाहीहरूलाई भने पावललाई सैन्य भवनमा लैजाऊ। उनले सिपाहीहरूलाई कुटपीट गरेर तिनलाई जाँच गर्ने आदेश दिए। यसो गर्दा कतै मानिसहरू किन यसरी तिनको विरोधमा कराईरहेछन् जान्न सकिने तिनी आशा गर्दैं थिए। 25 यसैले कुटपीट गर्न सिपाहीहरूले पावललाई बाँध्दै थिए। तर पावलले त्यहाँ उभिरहेको सेना अधिकारीलाई भने, “के एक रोमी नागरीकलाई जो दोषी हो भन्ने प्रमाण नै नभई, तिम्रो कोर्रा लगाउने अधिकार छ?”

26 जब सेना अधिकारीले त्यस्तो सुने ऊ सेनापति कहाँ गएर ती कुरा भने। सेना अधिकारीले भन्यो, “तिमी जान्छौ तिमीले के गरिरहेका छौ? यो मानिस रोमी नागरिक हो।”

27 सेनापति पावलकहाँ आए र भने, “मलाई भन तिमी साँच्चै रोमी नागरिक हौ?”

पावलले जवाफ दिए, “हजुर।”

28 सेनापतिले भने, “मैले एक रोमी नागरिक हुनलाई धेरै पैसा खर्च गरेको छु।”

तर पावलले भन्यो, “म रोमी नागरिक भएरै जन्मेको थिएँ।”

29 ती मानिसहरू जसले पावललाई प्रश्नहरू गर्न तयार भइरहेका थिए, पावललाई छाडेर गए। सेनापति डराई रहेका थिए किनभने उसले पावललाई अघिबाटै बाँधिसकेको थियो अनि पावल एक रोमी नागरिक थिए।

पावल यहूदी अगुवाहरूसँग बोल्छन्

30 सेनापतिले यहूदीहरू किन पावललाई दोष्याईरहेछन् बुझ्न चाहन्थे। यसर्थ अर्को दिन उनले पूजाहारीहरू यहूदीहरू अनि सारा महा-सभालाई भेला हुने आदेश दिए। सेनापतिले पावललाई बाँधेका साङ्गलाहरू खोलिदिए। त्यसपछि पावललाई ल्याए अनि तिनीहरूको सामुन्ने उभ्याए।

23 पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।” हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।”

पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!”

पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’(A)

सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!”

जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सदुकीहरू माझ गहन तर्क शुरु हुन थाल्यो। सभा दुइ दलमा विभाजन भयो। सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्। ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौं। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्यो होला!”

10 तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।

भजनसंग्रह 2

अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
    किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
    र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
    तिनीहरूबाट अलग हौं।”

तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
    परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
तब परमेश्वर रिसाउनु हुन्छ,
    अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
    अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
    सियोन मेरो एक विशेष पर्वत हो।”

अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
    तिमी मेरा पुत्र भयौ।
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
    अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
    माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”

10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
    र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11 यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12 तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
    र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
    तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
    परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

हितोपदेश 18:13

13 जसले कुरा सुन्न अघि उत्तर दिन्छ ऊ झमेला गराउँने मूर्ख हो।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International