22 Bible results for “आमोस ” from 
Nepali Bible: Easy-to-Read Version.dropdown
 Results 1-22. 
Filter by dropdown
dropdown
results per page
  1. हिजकियाहले एल्याकीम (एल्याकीम राजाको दरबारको अधिकारी थिए) शेब्ना (सेबाका मुख्य सचिब) अनि पूजाहारीहरूमध्ये बुढा पाकालाई आमोसका छोरालाई अगमवक्ता यशैयाहकहाँ पठाए। तिनीले फाटेको लुगा लगाए जसले तिनीहरू दुःखी र उदास भएको देखाँउथ्यो।
  2. आमोसका छोरा यशैयाहले हिजकियाहलाई यो सन्देश पठाए। उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ: तिमीहरूले म सित अश्शूरका राजा सनहेरिबको विषयमा प्रार्थना गर्यौ। मैले तिमीहरूको प्रार्थना सुनेको छु।
  3. हिजकियाह बीरामी मरणासनमा

    त्यस समयमा हिजकियाह बिरामी भए र मरणासनमा थिए। आमोसका छोरा अगमवक्ता यशैयाले हिजकियाहसँग भेट गरे। यशैयाहले हिजकियाहलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आफ्नो परिवारको सदस्यहरूलाई अन्तिम निर्देशन देऊ किनभने तिमी मर्नेछौ, तिमी बाँच्ने छैनौ।’”
  4. उज्जियाहले शुरू देखि अन्त सम्म अन्य जे कुराहरू गरे ती आमोसका छोरा अगमवक्ता यशैयाद्वारा लेखिएका थिए।
  5. राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
  6. हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्।
  7. आमोसको छोरो यशैयाले यहूदा र यरूशलेमको विषयमा यो सन्देश देखे।
  8. बाबेललाई परमेश्वरको सन्देश

    परमेश्वरले आमोसको छोरा यशैयालाई यस्तो बाबेलको विषयमा दुःखको सन्देश बताउनु भयोः
  9. त्यस बेला, परमप्रभुले आमोसका छोरा यशैयाद्वारा बोल्नुभयो, “जाऊ, तिम्रा कम्मरबाट उदासपूर्ण लुगाहरू खोलेर फ्याँक। खुट्टाहरूबाट जुत्ताहरू खोल।” यशैयाले परमप्रभुको आज्ञा पालन गरे। अनि यशैया निवस्त्र र खाली खुट्टा वरिपरि हिंडे।
  10. हिजकियाहले राज-दरबारका व्यवस्थापक एल्याकीम राजकीय सचिव शेब्ना अनि पूजाहारीहरूका बूढा-प्रधानहरूलाई आमोसको छोरा अगमवक्ता यशैयाकहाँ पठाए। तिनीहरूले यस्ता लुगाहरू लगाएका थिए जसले तिनीहरूको शोक र खिन्नता प्रकट गर्दथ्यो।
  11. परमेश्वरको हिजकियाहलाई जवाफ

    तब आमोसका छोरो यशैयाले हिजकियालाई यो समाचार पठाए। यशैयाले भने, “परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले त्यो समाचार जुन सन्देश अश्शूरका राजा सनहेरीबबाट आएको थियो। त्यस बारेमा मलाई प्रार्थना गर्यौ।’
  12. हिजकियाह विरामी परेका

    त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए। यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।’”
  13. परिचय

    आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।
  14. अरामको निम्ति दण्ड़

    आमोसले भने, “परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। यस समयमा गोठालाहरूको हरियो मैदान सुक्नेछ। यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।”
  15. परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।
  16. अमस्यले आमोसलाई रोक्ने कोसिस

    बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः “आमोसले तिमीहरूको बिरुद्ध षड्यन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरूलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसक्नु भएकोछ।
  17. आमोसले भन्यो, ‘यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरूलाई तिनिहरूको देशबाट निर्वासित गरिनेछ।’”
  18. अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहूदा तर्फ दक्षिण तर्फ दगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।
  19. तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ।
  20. परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरू इस्रएलको अन्त आयो। म तिनीहरूको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।
  21. एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए।
  22. यूसुफ मत्ताथियसका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

0 topical index results for “आमोस ”

Sorry. No results found for "आमोस" in Topical Index.