Add parallel Print Page Options

दाऊदको भजन।

103 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर!
    प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर
    अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ।
    उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ
    अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ।
    उहाँले हाम्रो जवानीलाई
    गरूड़ जस्तो नयाँ तुल्याउनुहुन्छा।
परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ,
    जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो।
    परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ।
    परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न
    परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न।
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं।
    तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन,
    जसको लागि हामी योग्य थियौं।
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा
    पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
12 अनि परमेश्वरले हाम्रो पापहरू
    पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
13 परमप्रभु आफ्ना भक्तजनहरूसँग त्यस्तो स्नेही हुनुहुन्छ,
    जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ,
    हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।

Read full chapter