गन्ती 24:15-24
Nepali Bible: Easy-to-Read Version
बिलामको अन्तिम अगमवाणी
15 तब बिलामले यी कुराहरू भनेः
“यो बओरको छोरो बिलाम
जसले आफ्नो आखाँले सफासँग देख्न सक्छ,
16 कसले परमेश्वरको वचन सुन्न सक्छ,
अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ?
सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें।
म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्दैछु।
17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन,
म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन।
एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ,
इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ।
मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ
अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ,
एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ
जब इस्राएलले बहादुरी देखाउनेछ।
19 “याकूबको वंशबाट शासक आउनेछ,
र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
20 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः
“राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो।
तर अमालेक पनि नष्ट हुनेछ।”
21 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः
“चट्टानमा बनिएको गुँड जस्तै
तिमीहरू सुरक्षित छौ।
22 तर केनीहरू पनि ध्वंश पारिनेछन्
जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
23 बिलामले तब फेरि अगमवाणी बोलेः
“हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24 जहाजहरू कित्तीमको किनारबाट आउनेछन्
र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्।
तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
© 2004, 2010 Bible League International