मर्कूस 16:1-8
Nepali Bible: Easy-to-Read Version
येशू मृत्युबाट बौरी उठेको समाचार
(मत्ती 28:1-8; लूका 24:1-12; यूहन्ना 20:1-10)
16 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। 2 हप्ताको पहिलो दिनको बिहानै, तिनीहरू चिहानमा गइरहेका थिए। यसबेलासम्म घाम झुल्केकै थिएन। 3 ती स्त्रीहरू एक अर्कामा कुरा गर्दै थिए, “चिहानको ढोकामा एउटा ठूलो ढुङ्गा छ। कसले त्यो ढुङ्गा हाम्रो निम्ति पल्टाइदेला?”
4 जब स्त्रीहरूले देखे, तिनीहरूले ढुङ्गा हटाईएको पाए। त्यो ढुङ्गा अति ठूलो थियो, तर ढोकाबाट यसलाई पल्टाईको थियो। 5 तिनीहरू चिहान भित्र गए। त्यहाँ तिनीहरूले एकजना सेतो वस्त्र लाएको जवान मानिस लाई चिहानको दाहिने पट्टि बसिरहेको देखे। ती स्त्रीहरू डराए।
6 उनले भने, “डराउनु पर्दैन। तिमीहरूले नासरतको येशूलाई, खोजिरहेछौ जसलाई क्रुसमा टाँगेका थिए। उहाँ मृत्युबाट बौरी उठनु भएको छ। उहाँ यहाँ हुनुहुन्न। हेर, यहाँ त्यो स्थान छ जहाँ उहाँलाई मृत्यु पछि राखिएको थियो। 7 अब जाऊ अनि उहाँका चेलाहरूलाई खबर गर। अनि पत्रुसलाई पनि भनिदेऊ। तिनीहरूलाई भनिदेऊ, येशू गालील जानु भइरहेकोछ। तिनीहरू पुग्नु भन्दा अघिनै उहाँ त्यहाँ हुनुहुनेछ। उहाँले अघिबाटै तिमीहरूलाई भने झैं उहाँलाई त्यहाँ देख्न पाउने छौ।”
8 ती स्त्रीहरू खुबै डाराए अनि अल्मलमा परे। तिनीहरूले चिहान छोडे, अनि दगुरे। डरको कारणले के घट्ना भएको थियो त्यस बारे तिनीहरूले कसैलाई केही भनेनन्।[a]
Read full chapterFootnotes
- 16:8 प्रस्तुत पुस्तकमा मर्कूसको केही पुराना यूनानी प्रतिलिपीहरू यहाँ शेष हुन्छ।
© 2004, 2010 Bible League International