Add parallel Print Page Options

तब परमेश्वरले भन्नुभयो, “नजिक नआऊ। जुन ठाउँमा तिमी उभिरहेका छौ त्यो भूमि पवित्र हो यसर्थ आफ्नो जुत्ता खोल। म तिम्रा पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।”

मोशाले उसको अनुहार छोपे किनभने ऊ परमेश्वर तिर हेर्न डराएका थिए।

परमेश्वरले उनलाई भन्नुभयो, “मिश्रमा भएका मेरो मानिसहरूले कष्ट भोगेको मैले देखेको छु। मैले तिनीहरूको शोकपूर्ण प्रार्थनाहरू सुनेको छु, जब तिनीहरूका कमारा मालिकहरूले जबरजस्ती कठिन कामहरू गर्न लगाए। म तिनीहरूको दुःखको कारण पनि जानेकोछु। अब म त्यहाँ जान्छु अनि मेरो मानिसहरूलाई मिश्री मानिसहरूबाट बचाउँछु। म तिनीहरूलाई त्यस स्थानबाट निकालेर तिनीहरूले कष्ट भोग्नु नपर्ने स्थानमा लिएर जान्छु। त्यो ठाउँ धेरै-धेरै असल चीजहरूले भरिएको हुनेछ र कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसी जस्ता विभिन्न जातिका मानिसहरू बसो-बास गर्छन्। मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्। 10 यसकारण अब म तिमीलाई फिरऊन कहाँ पठाउँछु। जाऊ अनि मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याऊ।”

Read full chapter