Add parallel Print Page Options

14 हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरू क्षमा गरिएकोछ।

जब हामी ख्रीष्टलाई हेर्दछौ, हामी उहाँमा परमेश्वर पाँउछौ

15 परमेश्वरलाई कसैले देख्न सक्दैन।
    तर परमेश्वर हुबहु येशू हुनुहुन्छ।
    सृष्टिका सम्मूर्ण थोकमाथि येशू शासक हुनुहुन्छ।
16 उहाँकै शक्तिद्वारा सारा थोक सिर्जित छ।
    स्वर्ग र पृथ्वीमा भएका कुराहरू, दृश्य र अदृश्य कुराहरू,
    सिंहासन अथवा शक्तिहरू, शासकहरू अथवा अधिकारहरू,
यी सब कुराहरू ख्रीष्टद्वारा अनि ख्रीष्टकै निम्ति बनाइएका हुन्।

17 सबै चीजहरू बनिनु अघि पनि ख्रीष्ट हुनुहुन्थ्यो।
    अनि उहाँद्वारा प्रत्येक चीज एक साथ चालु रहन्छ।
18 ख्रीष्ट शरीरको शिर हुनुहुन्छ। शरीर मण्डली हो।
    अनि उहाँ प्रभु[a] हुनुहुन्छ,
    जो मृत्युबाट बौर्याइनुभएको थियो।
यसैले सबै कुरामा येशू नै अति महत्वपूर्ण हुनु हुन्छ।

19 यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।

Read full chapter

Footnotes

  1. 1:18 प्रभु शाब्दिक अर्थ “पहिले जन्मेको।”