Add parallel Print Page Options

अम्नोन र तामार

13 दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो। तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरै पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैँ सम्झिरहने भएकोले आफैं बिरामी भयो।

अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए।

Read full chapter