Add parallel Print Page Options

26 अहज्याह 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक बर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्। 27 अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्।

योराम हजाएलको विरोधमा लडाईँ गर्दा घाइतेभए

28 योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए।

Read full chapter