Add parallel Print Page Options

17 योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। 18 तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ। 19 तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ।

Read full chapter