Add parallel Print Page Options

परमप्रभुले अरामी सेनाहरूलाई रथ, घोडा र विशाल सेनाको आवाज सुन्ने बनाउनु भएको थियो। यसर्थ अरामी सैनिकहरूले एका अर्कालाई भने, “इस्राएलका राजाले हामीमाथि आक्रमण गर्नका लागि हित्ती र मिश्रका राजाहरूलाई भाडामा लिएकाछन्।”

अरामीहरू त्यस बेलुकी भागे। तिनीहरूले सबै थोक छोडे। तिनीहरूले आफ्ना पाल, घोडा र गधाहरू छोडे अनि तिनीहरू आफ्नो जीवन बचाउन भागे।

कोरीहरू शत्रु शिबिरमा

जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।

Read full chapter