Add parallel Print Page Options

18 यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।

यहूदाका मानिसहरू पनि दोषी छन्

19 तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे।

20 परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै सङ्कटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।

Read full chapter