Add parallel Print Page Options

23 त्यसपछि येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र पसे। येहूले बालका उपासकहरूलाई भने, “चारैतिर हेर अनि विश्वस्त होऊ, परमप्रभुका सेवकहरू कोही छैनन्। विश्वस्त होऊ, बालको पूजा गर्ने मानिसहरू मात्र छन्।” 24 बालका उपासकहरू बालको मन्दिरमित्र बलिहरू र होमबलि चढाउन पसे।

तर बाहिर येहूका 80 जना मानिसहरू पर्खिरहेका थिए। येहूले तिनीहरूलाई भने, “कोही पनि मानिसलाई भाग्ने मौका न देऊ। यदि कोही मानिसले एक जना मानिसलाई भाग्ने मौका दियो भने, त्यस मानिसले आफ्नो जीवनदान गर्नु पर्नेछ।”

25 येहूले बलि र होमबली चढाउने बित्तिकै उनले रक्षकहरू तथा सेनापतिहरूलाई भने, “भित्र जाऊ अनि बालका उपासकहरूलाई मार। कसैलाई पनि मन्दिरबाट बाहिर जिउँदो निस्कन नदिनु।”

यसकारण सेनापतिहरूले पातलो तरवार प्रयोग गरे अनि बालका उपासकहरूलाई मारे। रक्षकहरू अनि सेनापतिहरूले बालका उपासकहरूका लाश बाहिर फ्याँके। त्यसपछि रक्षकहरू र सेनापतिहरू बालको मन्दिरको भित्री कोठामा गए।

Read full chapter