Add parallel Print Page Options

तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।

अन्तिम सल्लाह

10 मेरो बारेमा तिमी सबै जान्दछौ। म के सिकाउँछु, कसरी बस्छु, तिमी जान्दछौ। तिमी मेरो जीवनको लक्ष्य, मेरो विश्वास, धैर्य र प्रेम पनि जान्दछौ। तिमी जान्दछौ कि कोशिश गर्न म कहिल्यै छोड़दिनँ। 11 तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घट्नाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।

Read full chapter