Add parallel Print Page Options

ख्रीष्ट येशूको एक प्रेरित पावलबाट। परमेश्वरले मलाई प्रेरित बनाउन चाहनुभयो। उहाँले मलाई ख्रीष्ट येशूमा जीवनको प्रतिज्ञाबारे प्रचार गर्ने निर्देशन दिनु भएको छ।

मेरो प्यारो छोरो तिमोथी प्रति। पिता परमेश्वर अनि हाम्रो प्रभु ख्रीष्ट येशूबाट तिमीलाई, अनुग्रह कृपा र शान्ति मिलोस्।

उत्साह अनि धन्यवाद

दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।

Read full chapter