Menu
Bible Gateway Plus logo
Bible Gateway logo
account
One verse. Every morning. Get the free Verse of the Day email.
Bible Gateway Plus logo
Bible Gateway logo
Understand more as you read. Try Bible Gateway Plus.
  • Read
    • Reading Plans
    • Advanced Search
    • Available Versions
    • Audio Bibles
  • Study
    • Scripture Engagement
    • More Resources
  • News
  • Explore
    • Newsletters
    • Devotionals
    • Bible Gateway App
    • Bible Audio App
    • Take a Tour
  • Store
    • Bibles
    • Deals
    • More
  • Bible Gateway Plus
ERV-NE
Version
Bible Books Bible Books
ERV-NE
Version
Read
Study
News
Explore
Store
Bible Gateway Plus
Light Mode Dark Mode
Font Size
Log In show menu
Previous Next
Print PrintSettingsSettingsShare ShareParallelParallelExpandExpandCollapse

2 राजा 15  Nepali Bible: Easy-to-Read Version

यहूदाका अजर्याहको शासन

15 यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं बर्षमा राजा भए। 2 अजर्याह 16 बर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 बर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन, 3 अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुशरण गरे। 4 तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।

5 परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरूको उचित न्याय गर्दथे।

6 सबै कुराहरू जो अजर्याहले गरेका थिए, यहूदाका राजाहरूका इतिहासमा लेखिएको छ। 7 अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।

इस्राएलका जकर्याहको छोटो शासन

8 यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं बर्ष थियो। 9 जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।

10 याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्‌यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए। 11 सबै अरू कामहरू जति जर्याहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 12 यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।

इस्राएलका शल्लूमको छोटो शासन

13 याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं बर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।

14 गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।

15 शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्‌यन्त्र समेत, इस्राएलका राजाहरूको इतिहास भन्ने पुस्तकमा लेखिएको छ।

इस्राएलका मनहेमको शासन

16 शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।

17 गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं बर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश बर्ष शासन गरे। 18 मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

19 अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्। 20 मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन सँग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।

21 सबै कुराहरू जो मनहेमले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 22 मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।

इस्राएलका पकहीयाको शासन

23 मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं बर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुइ बर्ष शासन गरे। 24 पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।

25 पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।

26 सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

इस्राएलमा पेकहको शासन

27 रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं बर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 बर्ष शासन गरे। 28 पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।

29 अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

30 एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं बर्षमा भयो।

31 सबै कुराहरू जे जति पेकहले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

यहूदामा योताम शासन गर्छन्

32 उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो बर्षमा यस्तो भयो। 33 योताम 25 बर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 बर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन। 34 योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। 35 तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए। 36 सबै कुराहरू जे जति योतामले गरे यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

37 त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।

38 योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।

Next
2 राजा 14
2 राजा 16
Next
dropdown
Nepali Bible: Easy-to-Read Version (ERV-NE)

© 2004, 2010 Bible League International

Bible Gateway Plus logo
Bible Gateway logo

Font Size

Font Size

Dark Mode

Light Mode Dark Mode

About

  • About
  • Learn About the Bible
  • Statement of Faith
  • Mobile App
  • Store
  • Blog
  • Newsroom
  • Support Us

Help

  • FAQs
  • Tutorials
  • Use Bible Gateway on Your Site
  • Advertise with us
  • Contact us
  • Privacy policy
  • California Privacy Rights
  • Do Not Sell My Personal Information
  • Site: Terms of use
  • Widget: Terms of use

Our Network

  • FaithGateway
  • StudyGateway
  • ChurchSource
  • HarperCollins Christian Publishing
  • Grupo Nelson
  • Editorial Vida
  • Thomas Nelson
  • WestBow Press
  • Zondervan
  • MasterLectures

Social

  • Facebook
  • Instagram
  • Pinterest
  • TikTok
  • X
  • YouTube

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway
Sign Up for Bible Gateway: News & Knowledge
Get weekly Bible news, info, reflections, and deals in your inbox.

By submitting your email address, you understand that you will receive email communications from Bible Gateway, operated by HarperCollins Christian Publishing, 501 Nelson Pl, Nashville, TN 37214 USA, including commercial communications and messages from partners of Bible Gateway. You may unsubscribe from Bible Gateway’s emails at any time. If you have any questions, please review our Privacy Policy or email us at privacy@biblegateway.com.

Preferences

  • Versión en español
  • Preferences
  • Classic Bible Gateway