Add parallel Print Page Options

48-50 सुलेमानले धेरै सुनका सामानहरू मन्दिरका लागि बनाउने आदेश पनि दिए। सुलेमानले मन्दिरका लागि सुनद्वारा बनाउन लगाएका सामानहरू यी हुन्;

सुनको वेदी; सुनको टेबल,

परमेश्वरलाई चढाइएको विशेष रोटी यहाँ राखिन्थ्यो।

सुनको सामादान (महापवित्र स्थानको अघि उत्तरतिर पाँचवटा अनि दक्षिणतिर पाँचवटा थिए);

सुनका फूलहरू, दियोहरू अनि चिम्टाहरू;

शुद्ध सुनका कचौराहरू, बाती छिमल्ने कैंचीहरू, स-साना कचौराहरू, थालहरू अनि कोइला बोक्ने धूपौराहरू;

मुख्य कक्षका दैलाहरूका लागि तथा भित्री कोठा (अति पवित्रस्थल) को दैलाहरूका लागि सुनका कब्जाहरू बनाए।

Read full chapter