Add parallel Print Page Options

जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। पलिश्ती गोलियतलाई मार्दा पनि दाऊदले आफ्नो जीवन खतरामा हालेका थिए। परमप्रभुले सबै इस्राएललाई महान विजय दिलाउनु भयो। यो सब देखेर तपाईं खुशी हुनुभयो। अब दाऊदलाई किन मार्न चाहनुहुन्छ! दाऊद निर्दोष छ। दाऊदको हत्या गर्ने कुनै कारण नै छैन।”

शाऊलले जोनाथनको कुरा सुन्यो। शाऊलले शपथ खाए, “परमप्रभु जीवित रहनु भए झैं दाऊद मारिने छैन।”

Read full chapter