Add parallel Print Page Options

अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु।

“याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए।

“तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे।

Read full chapter