Add parallel Print Page Options

त्यसरी नै तिमी पतिहरू आफ्ना पत्नीहरूसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरूले आफ्ना पत्नीहरू प्रति आदर जनाउनु पर्छ। तिनीहरू तिमीहरूभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरूका पत्नीहरूलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरूलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरू गर जसद्वारा कसैले पनि तिमीहरूको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।

असलकामको निम्ति यातना

यसरी, तिमीहरू सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरूले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन। मानिसहरूले तिमीहरूलाई नराम्रो गरे तिमीहरूले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरूलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरूलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।

Read full chapter