Add parallel Print Page Options

21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ।

22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर। 23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

Read full chapter