Add parallel Print Page Options

16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्।

17 परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन सङ्कटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफैं जान्ने छैनन्। किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ। 18 जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

Read full chapter