A A A A A
Bible Book List

श्रेष्ठगीत 5Nepali Bible: Easy-to-Read Version (ERV-NE)

प्रियतम भन्छन्

मेरी प्रेमीका, हे मेरी दुलही,
म आफ्नो सुगन्धित सामग्रीसित बगैंचामा पसें।
    मैले मेरो मुर्र र मशलाहरू बटुलेकोछु।
मैले मेरो चाका महसँग खाएँ।
    मैले आफ्नो दाखरस र दूध पिएकोछु।

स्त्रीहरू प्रेमीहरूसँग कुरा गर्छन्

हे साथीहरू हो, खाऊ! प्रेमीहरू हो, पिऊ!
    र प्रेमको मद्यले मस्त हौ।

प्रेमिका भन्छे

म मस्त सुतें,
    तर मेरो हृदय जाग्रित थियो।
मैले मेरा प्रेमीले ढोका ढक्ढकाइरहेको सुन्छु:
    “ढोका खोल मेरी प्रेमी, मेरी ढुकुर,
    मेरी प्रियतमा, पूर्णता,
मेरो शीर शीतले भिजेकोछ,
    मेरो केश मध्य रातले भिजाएकोछ।”
“मैले मेरा लुगाहरू फुकालिसकेकोछु।
    म फेरि पहिरिन चाहाँदिनँ।
मैले मेरा पाऊ धोइसकेकोछु,
    यसलाई म फेरि मैला हुन दिँदिनँ।”
तर उसको निम्ति म व्याकुल भएँ
    मेरा प्रेमीले ढोकाको प्वालबाट हातहाल्दा।
म आफ्नु प्रेमीको लागि ढोका उघार्न उठें,
    मेरा हातहरूबाट रस गन्ध,
अनि औलीहरूबाट
    रस गन्धका थोपाहरू तल तिर चुहे।
जब मैले मेरा प्रेमीको लागि ढोका उघारें,
    तर मेरो प्रेमी त्यहाँबाट गइसकेका थिए।
म झण्डै मरें
    जब उहाँ आएर गए पछि।
मैले उहाँलाई खोजी हिडें
    तर भेटिनँ,
मैले उहाँलाई बोलाउँदै खोजे
    तर उहाँले मेरो उत्तर दिनु भएन।
शहरका पहरेदारहरूले मलाई भेटे,
    र तिनीहरूले मलाई पिटे,
    अनि मलाई चोट पुर्याए।
पर्खाल माथि बसेका पहरेदारहरूले
    मैले ओढेको घुम्टो खोसे।
हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु,
    यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने,
भनिदेऊ म उहाँलाई यति साह्रो प्रेम गर्छु,
    कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।

यरूशलेका स्त्रीहरूले उत्तर दिन्छन्

स्त्रीहरूमा तिमी अति सुन्दरी छौ,
    तिम्रा प्रेमी र अन्य प्रेमीहरूमा के भिन्नता छ?
के तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा उत्तम छन्?
    के यसैकारण तिमी हामीबाट वचन लिन चाहान्छौ कि,
    तिम्रा प्रेमी अरूका प्रेमीहरू भन्दा सुन्दर छन्?

तिनले यरूशलेमका स्त्रीहरूलाई उत्तर दिन्छिन्

10 दश हजार मानिसहरूको बीचमा पनि
    मेरा प्रेमी उज्जवल र तन्दुरूस्त देखिन्छन्।
11 उहाँको शीर शुद्ध सुन जस्तै छ,
    उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
12 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्,
    उहाँका आँखाहरू दूधमा डुबेका
    ढुक्कुरहरू जस्ता छन्।
13 उहाँका गाला सुगन्धित मसलाको बगैंचा झैं,
    सुगन्धको लागि प्रयोग गरिएका फूलहरू जस्तो छ।
उहाँका ओठहरू सुगन्धित रस चुहिरहने,
    लिली फूलहरू जस्ता छन्।
14 उहाँका पाखुराहरू ढुङ्गा जडित
    सुनका डन्डाहरू जस्ता छन्,
उहाँको शरीर नीलम जडित
    हात्तिको चिल्लो दाँत जस्तो छ।
15 उहाँका पाऊहरू शुद्ध सुनमा राखिएका
    सङ्गमरमर जस्ता छन्।
उहाँ लेबनोनमा हुने राम्रो उद्भिद्
    अग्लो देवदारू वृक्ष झैं देखिनु हुन्छ।
16 हो, यरूशलेमका स्त्रीहरू!
    उहाँको मुख अधिक मिठास पूर्ण छ।
मेरा प्रेमी अत्यन्तै कामनीय हुनुहुन्छ।
    मेरा प्रियतम, मेरा साथी यस्तो हुनुहुन्छ।

Nepali Bible: Easy-to-Read Version (ERV-NE)

2010 by World Bible Translation Center

  Back

1 of 1

You'll get this book and many others when you join Bible Gateway Plus. Learn more

Viewing of
Cross references
Footnotes