Add parallel Print Page Options

हे मेरी दुलही म भएकोमा आऊ,
    तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
    सनीरको उचाईबाट,
    सिंहको गुफाबाट
    अनि चितुवाको पाहाडबाट आऊ।
मेरी प्रेमिका, मेरी दुलही तिमीले मलाई उत्तेजित गराउछ्यौ।
    तिम्रो आखाँको एक झलकले तिम्रो गलामा लगाइएको
    मोतीको हारका एउटै दानाले, मेरो हृदय चोरेकी छौ।
10 हे मेरी साथी, हे मेरी दुलही।
    तिम्रो माया कति सुन्दर छ।
तिमीले गाँसेको माया दाखरस भन्दा धेरै राम्रो छ,
    तिम्रो अत्तरको सुगन्ध अन्य कुनै पनि सुगन्ध भन्दा असल छ।

Read full chapter