Add parallel Print Page Options

म त्यो गन्धरसको पर्वत माथि जानेछु,
    र सुगन्धितको पहाडमा जानेछु,
जब मैले आफ्नो अन्तिम सास लिनेछु
    अनि छायाँहरू लामो भई लुक्नेछन्।
मेरी प्रेमी, तिमी सबैभन्दा सुन्दरी छौ,
    तिमीमा कुनै प्रकारको दाग छैन।
हे मेरी दुलही म भएकोमा आऊ,
    तिमी मेरो निम्ति लेबनोनबाट आऊ।
तिमी मसित अमानाको चुचुरोबाट,
    सनीरको उचाईबाट,
    सिंहको गुफाबाट
    अनि चितुवाको पाहाडबाट आऊ।

Read full chapter