Add parallel Print Page Options

मलाई नहेर, म कति काली छु,
    मलाई घामले काली पारेको हो।
मेरा दाज्यू-भाइहरू मसँग रिसाएका थिए,
    त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए,
    त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउँन पाइँन।

तिनले पुरूषलाई भन्छिन्

म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु।
    मलाई भन, तिमी आफ्नो भेंडा़हरू कहाँ चराउँछौ?
    मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ?
म तिमीलाई भेट्न आउँनेछु,
    अथवा तपाईंका साथीहरूको बगाल अघि,
    म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?

पुरूषको स्त्री प्रति वचन

तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो?
    स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ।
जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ,
    आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।

Read full chapter