Add parallel Print Page Options

14 तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो।

आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए। 15 तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो। 16 जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भिन्नै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।

Read full chapter