Add parallel Print Page Options

23 तिनीहरूले परमेश्वरको महिमा गर्न छोडिदिए जो अनन्त हुनुहुन्छ। तर परमेश्वरको महिमालाई संसारिक वस्तु जस्ता देखिने मूर्ति-पूजासँग साटे। मानिसहरूले परमेश्वरको महिमालाई चरा-चुरूङ्गी, पशुहरू र सर्पहरू जस्ता देखिने बनाइएका मूर्ति-पूजासँग साटे।

24 मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे। 25 ती मानिसहरूले परमेश्वरको सत्यलाई झूटमा परिवर्तन गरे। आफैंद्वारा बनाइएका ती थोकहरूलाई पुज्न र सेवा गर्न थाले। तर परमेश्वरले बनाउनु भएको कुराहरूको उनीहरूले न त पूजा गरे न सेवा गरे। परमेश्वरको प्रशंसा सधैँ हुनपर्छ। आमिन।

Read full chapter