Add parallel Print Page Options

परमप्रभुले मानिसलाई परिवर्तन होऊ भन्नुहुन्छ

12 परमप्रभु भन्नु हुन्छ:
    “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले
उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क।
13 लुगा होइन, तिमीहरू को हृदय फटएर रोऊ।”[a]
    परमप्रभु तिमीहरूका परमेश्वरकहाँ फर्केर आऊ।
उहाँ दयालु अनि करूणामय हुनुहुन्छ।
    उहाँ चाँडै रिसाउनु हुन्न।
उहाँ को प्रेम महान छ,
    दण्ड दिने बिषयमा उहाँले
जो निर्णय लिनु भएको छ
    त्यो उहाँले परिवर्तन गर्न सक्नु हुछ।
14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ।
    यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ।
अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई
    अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

Read full chapter

Footnotes

  1. 2:13 लुगा होइन … हृदय फटएर रोऊ आफ्नो दुःख प्रकट गर्न मानिसहरू आफ्ना लुगा च्यात्थे। यहाँ परमेश्वरले चाहानु हुन्छ कि मानिसहरूले गरेका दुष्ट कामको बारेमा तिनीहरू साँचो रितले दुःखीत होउन्।