Add parallel Print Page Options

येशू ख्रीष्टको दास अनि याकूबको एक भाइ, यहूदाबाट।

ती सबै मानिसहरू प्रति जो परमेश्वरद्वारा चुनिएकाछन्। पिता परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरू येशू ख्रीष्टको विश्वासमा सुरक्षित राखिएका छौ।

सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरूमा रहोस्।

खराब काम गर्ने मानिसहरूलाई परमेश्वरले दण्ड दिनु हुनेछ

प्रिय मित्रहरू, म तिमीहरूलाई हामी सबैले एकसाथ सहभागी भएको उद्धारको बारेमा लेख्न खूबै इच्छुक भएको छु। म तिमीहरूलाई परमेश्वरले उहाँको पवित्र मानिसहरूलाई प्रदान गर्नु भएको विश्वासको निम्ति कठिन संङ्घर्ष गर्ने उत्साह प्रदान गर्ने इच्छा गर्छु। परमेश्वरले यो विश्वास एकै पल्ट प्रदान गर्नुभयो अनि यो सबै समयको निम्ति पर्याप्त भयो।

Read full chapter