Add parallel Print Page Options

परमेश्वरले मलाई त्यो समय घोषणा गर्न पठाउनु भयो जब परमप्रभुले आफ्नो करूणा प्रकट गर्नु हुनेछ। परमेश्वरले मलाई त्यो समय घोषणा गर्नु पठाउन भयो जब उहाँले पापीहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले दु:खी मानिसहरूलाई सान्त्वना दिन मलाई पठाउनुभयो। परमेश्वरले सियोनका दु:खी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दु:खमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई “धार्मिकताका वृक्षहरू” र “परमप्रभुको अद्भूत बोट” नाउँ दिनलाई पठाउनु भयो।

त्यस बेला, ध्वंश भएका पुराना शहरहरू फेरि निर्माण गरिनेछन्। ती शहरहरू पहिले जस्तै नयाँ बनिनेछन्। धेरै-धेरै बर्ष अघाडि भत्किाएका ती शहरहरू नयाँ जस्तै बनिनेछन्।

Read full chapter