Add parallel Print Page Options

तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दगुर्न चलाउँछन्। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव र चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

पापले इस्राएलमा सङ्कट ल्याउँदछ

सबै न्याय र धार्मिकता हराएर गयो।
यहाँ हाम्रा सामु अन्धकार मात्र छ।
    यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ।
हामी चहकिलो प्रकाशको आशा गर्दछौं
    तर हामी सबैमा अन्धकार मात्र छ।

Read full chapter