Add parallel Print Page Options

माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ।

कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्। तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दगुर्न चलाउँछन्। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव र चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

Read full chapter