Add parallel Print Page Options

11 मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ।

परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। 12 यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

Read full chapter