Add parallel Print Page Options

12 तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैंजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अ-शुभ हुनेछ।

13 परमप्रभु भन्नुहुन्छ, “मेरा मानिसहरू पक्राउ पर्नेछन् अनि लगिनेछन्। किनभने तिनीहरूले मलाई राम्ररी चिनेनन्। अहिले इस्राएलमा भएका कतिपय मानिसहरू मुख्य छन्। तिनीहरू आफ्ना विलासी जीवनमा सुखी छन्। तर ती सबै महान् मानिसहरूलाई भोक प्यासले अत्यन्त सताईनेछन्। 14 तब तिनीहरू मर्नेछन् र पातालमा जानेछन् सियोलले, तिनीहरूले धेरै-धेरै मानिसहरू भेट्नेछ। चिहानले आफ्नो ठूलो मुख उघारेर बसेको छ। अनि सबै मानिस सियोल भित्र जानेछन्।”

Read full chapter