Añadir traducción en paralelo Imprimir Opciones de la página

इस्राएल घर फर्किनेछ

14 भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफैं यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्। ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे। परमेश्वरले तिमीहरूका अप्ठेरा कामहरू लिनु हुनेछ र तिमीहरूलाई आराम दिनुहुनेछ। पहिले तिमीहरू कमारा-कमारीहरू थियौ। मानिस जातिहरूले तिमीहरूलाई जबरजस्ती नसक्ने कामहरू गर्न लगाए। तर परमप्रभुले ती दुःखका दिनहरू अन्त गरिदिनु भयो।

बाबेलका राजा बारे एक गीत

त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः

राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो।
    तर अब उसको शासन समाप्त भयो।
परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ।
    परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ।
बाबेलका राजा रिसाउँदा
    मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो।
ती दुष्ट शासकहरूले,
    मानिसहरूलाई लगातर कष्ट दिइरहे।
तर अहिले सारा देशले विश्राम र शान्ति पाएका छन्।
    अहिले जनताहरूले उत्सव मनाउन थाले।
तिमी एकजना पापी राजा हौ,
    र अहिले तिमी समाप्त भएकाछौ।
सल्लाका रूखहरूसमेत आनन्दित छन्।
    लबानोनको देवदारका रूखहरू पनि आनन्दित छन्।
ती रूखहरू भन्दछन्, “राजाले हामीलाई ढाले।
    तर अहिले राजा आफै ढलेका छन्
    फेरि कहिल्यै उठ्नु हुने छैन्।”
पातल उत्तेजित छ,
    किनभने तिमीहरू आइरहेका छौ।
तिमीहरूकालागि पातलले सारा संसारका अगुवाहरूका मरेकाहरूलाई जागाउँदछौ।
    पातलले राजाहरूलाई,
तिनीहरूको राजगद्दीमा उभ्याउन लागाउँछ,
    पाताल तिमीहरूको आगमनमा सबै तयार पारिरहेकोछ।
10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्।
    तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ।
    अब तिमीहरू खाली हामीहरू जस्तै हौ।”
11 तिम्रो रवाफ पातालमा पठाइएकोछ।
    वीणाबाट गुन्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ।
औंसाहरूले[a] तिम्रो शरीर खानेछ, तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ।
    कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।
12 तिमी बिहानको तारा जस्तो थियौ,
    तर तिमी आकाशबाट खस्यौ।
पहिले सारा पृथ्वी नै तिमी समक्ष नतमस्तक हुन्थ्यो।
    तर अहिले तिमी काटिएर ढल्यौ।
13 तिमीले सधैँ आफैंले आफूलाई भन्ने गर्दथ्यौ,
    “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु,
    म आकाशमाथि जानेछु।
म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु।
    म पवित्र पर्वत सापोनको टापुमा बस्नेछु,
    म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
14 म बादलहरूको बेदी सम्म जानेछु,
    म आफू सर्वोच्च परमेश्वर जस्तै हुनेछु।”

15 तर त्यस्तो भएन, तिमी परमेश्वरसँग आकाशमाथि गएनौ,
    तिमीलाई गहिरो खाडल मुनि ल्याइयो पातालमा-मृत्युको ठाउँमा।
16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले।
    तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने,
“के यो त्यही मानिसहरू हुन,
    जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
17 के यो त्यही मानिस हो जसले शहरहरू ध्वस्त पार्यो,
    र घना जङ्गलमा परिणत गरिदियो?
के यो त्यही मानिस हो जसले युद्धमा समातिएका मानिसहरूलाई
    आफ्ना घर फर्कन दिएनन्?
18 पृथ्वीमा प्रत्येक राजाले गौरवमय मृत्यु प्राप्त गरे।
    प्रत्येक राजाको आफ्नै चिहान छ।
19 तर ए दुष्ट राजा तिमी आफ्नै चिहानबाट स्वयं फ्याँकियो।
    तिमी हागाँ हो जो रूखबाट काटिएर टाडो फ्याँकिएको छौ।
तिमी युद्धमा ढलेको मृत मानिस जस्तो छौ
    जसमाथि अन्य सिपाहीहरूले कुल्चेर हिँड्छन्।
अहिले तिमी अन्य मृत मानिस जस्तो देखिन्छौ।
    तिमी कात्रोमा बेरिएका छौ।
20 तर अरू तिमी धेरै राजाहरू मरेका छन्,
    अनि तिनीहरू सबैको आफ्नो चिहानहरू छन्।
ती मरेका राजाहरूसित सम्मिलित हुन सक्ने छैनौ,
    किनभने तिमीले आफ्नै देश नष्ट पार्यौ।
तिम्रा सन्तानले तिमीहरूले झैं नष्ट गरिरहने छैनन्,
तिम्रा सन्तानहरूलाई रोकिनेछ।

21 उनका सन्तानहरूलाई मार्न तयार हौ,
    तिनीहरूलाई मार किनभने तिनीहरूका पिता दोषी थिए।
तिनका नानीहरू फेरि आफ्नो देशलाई हेरचाह गर्ने योग्य छैनन्।
    अब तिनीहरूले यस संसारमा त्यस्ता शहरहरू स्थापना गर्न सक्तैनन्।

22 सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाईं गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल नष्ट पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

23 परमप्रभुले भन्नुभयो, “म बाबेललाई परिवर्तन गर्ने छु। त्यो जग्गा मानिसहरूका निम्ति नभएर, पशुहरूका लागि हुनेछ। त्यो ठाउँ दलदल हुनेछ। म ‘त्यसलाई सर्वनाशको’ कुचोले बढारेर बाबेललाई टाढा फ्याँक्नेछु।” सेनाहरूका परमप्रभुले त्यस्ता कुराहरू भन्नुभयो।

परमेश्वरले अश्शूरलाई पनि दण्ड दिनुहुनेछ

24 सेनाहरूका परमप्रभुले एक शपथ लिनुभयो र परमप्रभुले भन्नुभयो, “मैले सोचेको जस्तै ती कुराहरू घट्नेछन् भनेर म शपथ गर्नेछु। ती कुराहरू ठीक मैले योजना गरे जस्तै घट्ने छ। 25 म मेरो देशमा अश्शूरका राजालाई नष्ट गरिदिनेछु। म त्यस राजालाई मेरो पर्वतहरूमा कुल्चेर मार्नेछु। त्यो राजाले मेरो मानिसहरूलाई दास बनायो, त्यसले तिनीहरूका घाँटीहरूमा जुवाहरू राखिदियो। त्यस्तो भारी हटाइनेछ। 26 त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”

27 जब परमप्रभुले योजना बनाउनु हुन्छ, त्यो योजना कसैलेपनि रोक्न सक्तैन्। जब परमप्रभुले आफ्नो शक्तिले मानिसहरूलाई दण्ड दिनलाई उठाउनु हुनेछ, त्यो कसैले पनि रोक्न सक्तैन।

पलिश्तीहरूलाई परमेश्वरको सन्देश

28 आहाज राजा मरेकै बर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो।

29 हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू धेरै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्। 30 तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्।

31 तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रोऊ!
    शहरका मानिसहरू विलाप गर।
पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्।
    तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ।

उत्तरतिर हेर,
    त्यहाँ बादलको रूपमा धूलो छ।
अश्शूरबाट सेनाहरू आउँदैछन्।
    त्यस सेनाका सबै मानिसहरू बलिया छन्।
32 त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ,
    ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन,
“पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो,
    अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।”

Notas al pie

  1. 14:11 औंसा “मासुमा” वा “घाउमा” पर्ने सेतो किरा।