Add parallel Print Page Options

मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”

हे परमप्रभु, म जान्दछु कि तपाईंप्रति,
    मानिसहरू निष्ठावान भएको चाहनु हुन्छ।
तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो
    तर तिनीहरूले अनुभव गरेनन्।
तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो,
    तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन्
तिनीहरू साह्रै हठी थिए।
    तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।

तर मैले परमप्रभुलाई भनें,
    “यिनीहरू गरीबहरू मात्र छन्।
तिनीहरू मूर्ख छन्, तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन्,
    अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

Read full chapter