Add parallel Print Page Options

18 तिनीहरूले भने, “यहूदाका राजा हिजकियाहको शासनकालमा मारसेतबाट मीका नाउँ भएका एकजना अगमवक्ता आएका थिए। मीकाले यहूदाका सबै मानिसहरूलाई यी कुराहरू भने, ‘सेनाहरूका परमप्रभु भन्नुहुन्छ:

सियोन ध्वंस हुने छ।
    यो जोतेको खेतझैं हुनेछ।
यरूशलेम ढुङ्गाको थाक हुनेछ।
    परमप्रभुको मन्दिर भएको डाँडा जगंल,
    र बनमाराहरूको रित्तो डाँडा[a] बनिनेछ।’

19 “यहूदाका राजा हिजकियाहले मीकालाई मारेनन्। यहूदाका कुनै मानिसले मीकालाई मारेन। हिजकियाह परमप्रभुदेखि डराए अनि उहाँको दया याचना गरे। अनि परमप्रभुले तिनीहरूको विरोधमा भन्नु भएको कुराहरू विषयमा आफ्नो मन बद्लिनु भयो। तर हामीहरूले हाम्रो आफ्नो जीवनमाथि महाविपद ल्याउन आँटेकाछौं।”

20 विगतमा त्यहाँ शमायाहको छोरो उरियाह नाउँ गरेका किर्यत्यारीमबाट आएका एकजना मानिस थिए। उसले यर्मियाले झैं यो शहर र यस भूमि विरूद्धमा परमप्रभुको सन्देश प्रचार गरे।

Read full chapter

Footnotes

  1. 26:18 रित्तो डाँडा अथवा “उच्च स्थानहरू,” जहाँ स्थान्य मुर्तिहरूलाई आरधना गरिन्थ्यो। मीका 3:12