Add parallel Print Page Options

धार्मिक “हाँगा”

यो सन्देश परमप्रभुबाट आएको हो;
“हेर अब त्यो समय आइरहेछ,
    कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु।
उसको ज्ञानले शासन चलाउनेछ,
    र धर्म र न्याय गर्नेछ।
त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ,
    अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ।
उहाँको नाउँ यो हुनेछ,
    ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’।

“यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ, जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’

Read full chapter