Add parallel Print Page Options

20 मानिसहरूलाई यी वचनहरू भन, “परमप्रभुका वचनहरूमा कान थाप। हे यहूदाका राजा अनि यहूदाका मानिसहरू, अनि यरूशलेमका बासिन्दाहरू। प्रत्येक मानिस जो यो फाटकबाट पस्छन् मेरो कुरा सुन। 21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ। 22 विश्राम दिन आफ्ना घरबाट कुनै भारी ननिकाल। त्यसदिन कुनै काम नगर। तिमीहरूले त्यो दिन पवित्र राख्नेछौ जस्तो मैले तिमीहरूका पिता-पुर्खाहरूलाई आदेश दिएको थिएँ।

Read full chapter