Add parallel Print Page Options

“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’

10 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौं? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’

Read full chapter