Add parallel Print Page Options

परमप्रभु र मूर्तिहरू

10 हे इस्राएलका मानिसहरू, परमप्रभुको वचन सुन। परमप्रभुले यही भन्नुहुन्छ:

“अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ।
    आकाशका विशेष चिन्हहरूसित नडराऊ।
अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्।
    तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन।
अन्य मानिसहरूका रीति-रिवाजहरू महत्वहीन छन्।
    तिनीहरू जङ्गलमा रूख काट्छन्
    शिल्पीकारले आफ्नो बञ्चरोले आकार बनाउँछ।

Read full chapter